AArya
RUMPUM
animated ellipse animated ellipse

कानेपोखरी – रंगेली सडक भारतीय कम्पनीले बनाएको कल्भट काम लागेन्

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ माघ २०७४, बुधबार ०८:३०
3
Shares
विराटनगर, ३ माघ/ भारत सरकारको सहयोगमा निर्माण भैरहेको कानेपोखरी रंगेली सडक खण्डमा भारतीय कम्पनीले बनाएका कल्भट भत्काइएको छ । गत असारदेखि निर्माणको काम सुरु गरेको ठेकेदार कम्पनीले चारबर्ष अघि भारतीय कम्पनीले निर्माण गरेको कल्भटहरु भत्काएर नया निर्माण सुरु गरेको हो ।

२५ किलोमिटर सडक निर्माणको जिम्मा जिभिआर इन्फ्राप्रोजेक्ट लि. चेन्नइले पाएको थियो । सन २०११ मा दुई बर्ष भित्र काम सक्नेगरी ठेक्का लिएको कम्पनीले करिव १८ महिना काम गरेको थियो ।

१८ महिना काम गरेर कम्पनी भागेको चार बर्ष पछि सो सडक निर्माणको जिम्मा लामा, डा“फे, द कन्चनजंघा कन्ट्रक्सन(जेभी)लाई दिइएको छ । गत असारमा काम गर्ने जिम्मा पाएको कम्पनीले यस अघि भारतीय कम्पनीले बनाएका कल्भटहरु भत्काएर नया कल्भट बनाउन सुरु गरेको हो ।

दुई बर्ष भित्र काम सक्नेगरी ६३ करोडमा ठेक्का पाएको कम्पनीले सो सडक खण्डमा हाल पुल कल्भट निर्माण गरिरहेको छ । भारतीय ठेकेदार कम्पनीले निर्माणा गरेका कल्भट काम नलागेपछि नेपाली ठेकेदारले नया कल्भटको काम गरिरहेको हो ।

‘हाल १९ वटा कल्भट निर्माणको काम हुदैछ ।’ हुलाकी सडक आयोजनाका क्षेत्रीय योजना प्रमुख शैलेन्द्रमणि त्रिपाठीले भने ‘ २५ किलोमिटरमा सडकमा ६०÷६२ वटा कल्भटहरु निर्माण गर्नु पर्नेछ ।’

त्रिपाठी डिपिर नै नया बनाएकाले कल्भट र पुल नया निर्माण गरिएको जानकारी दिए । ‘डिपिआर अनुसार नै काम भएको हो ।’ उनले भने ‘ हाइड्रोलोजीकल अध्ययन गरेर नया कल्भट निर्माण भएको हो ।’ कल्भट र पुल निर्माणको बिषय प्राविधिक भएकाले परिवर्तन भएको उनको भनाई छ । ४–५ बर्ष अघि भएकाले नया डिजाइन तयार पारिएको उनको भनाई छ । भारतीय कम्पनीले सडक खण्डको ठाउ ठाउमा कल्भट निर्माण गरेको थियो । उसले बनाएको केही कल्भट प्रयोग गर्न सकिने त्रिपाठीले बताए ।

सरकारले ६ वर्ष अघि कानेपोखरी रंगेली सडक खण्डमा पर्ने उपभोक्ताको जग्गा अधिग्रहण वापत ५ करोड ६ लाख ५६ हजार १६ रुपैयाँ मुआब्जा वितरण गरेको थियो । सरकारले करोडौं रुपैया मुआब्जा दिएर निर्माण क्षेत्र खाली गराएपनि ठेकेदारले काम छाडेर भागेपछि सर्बसाधरण बर्षाैदेखि धुलो खाएर बस्न बाध्य छन् ।

सडक नेपालको अनुगमन अधिकार भारतको
कानेपोखरी रंगेली सडक हुलका राजमार्ग र महेन्द्र राजमार्ग जोडने भित्रि सडक हो । २५ किलोमिटर लम्बाई रहेको यो सडकको निर्माण जिम्मा सुरुमा भारतीय कम्पनीले नै पाएका थिए । तर कम्पनी भाग्यो । भारतीयले नसकेपछि निर्माणको जिम्मा नेपाली कम्पनीले पाएपनि सूपर भिजनको अधिकार भने नेपाललाई छैन् । कानेपोखरी रंगेली सडकको सूपर भिजनको काम भने भारतले नै गर्ने गरेको छ ।
‘कानेपोखरी सडकको सूपर भिजन भारतीयले नै गर्छन ।’ हुलाकी राजमार्ग आयोजनाका क्षेत्रिय प्रमुख सैलेन्द्रमणि त्रिपाठीले भने ‘ अफीस इटहरीमा स्थापना गरेर सूपर भिजन गरिरहेका छन् ।’

भारतीयले सुपर भिजन गर्ने सडक कानेपोखरी रंगेली खण्ड मात्र हाइन । सप्तरीमा कल्याणपूर– बुधेबसाई सडकको सूपर भिजन पनि इटहरीमा रहेको कार्यालयबाट नै हुने गरेको छ ।

कम्पनी भाग्यो, उपकरण खिइदै
सडक निर्माण गर्न नसकेर भागेको ठेकेदार कम्पनीले अझै आफ्ना सामान लगेको छैन् । आफ्ना केही उपकरण छाडेर कम्पनी भागेको हो । कम्पनीले छाडेका साधनहरु प्रयोग नहुदा खिया लागेर थन्किएका छन् । सो कम्पनीले कोठा भाडा बसेको र निर्माण सामाग्री राखेको भाडा पनि तिरेको छैन् । कम्पनी भागेपछि लाखौ पर्ने उपकरण वेवारिेसे अवस्थामाा छ । यो खबर आजको उद्घोषमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर