पूर्वाञ्चल खबर
आयोजक मोरङ जिल्ला सफ्ट टेनिस संघले आज विराटनगरमा पत्रकार सम्मेलन गरी माघ ४ गतेदेखि विराटनगरको बैजनाथपुर रंगशाला र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता हुने जानकारी गराएको हो । संघका अध्यक्ष श्यामकुमार लामाले प्रतीयोगिताको सम्पुर्ण तयारी भएको बताए । प्रतियोगिता सम्पन्न गर्न १२ लाख ५० हजार खर्च हुने अध्यक्ष लामाले जानकारी दिए ।
तीनदिनसम्म सञ्चानल हुने प्रतियोगितामा पाँच विकाश केन्द्र र दुइ विभागीय जनपथ र शसस्त्र प्रहरीका खेलाडि, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जना तथा ११ जना निर्णयकको सहभागि हुने छन् । प्रतियोगिता सम्पन्न गर्न एक मुल व्यवस्थापन समिती र आठ उप–समिती गठन गरेको जनाएको छ ।