पूर्वाञ्चल खबर
‘शुसानको लागि सरकार जिम्मेवार छ’ शिर्षक राखेर आयोजना गरेको प्रतियोगितामा कलेजका लक्ष्मी मण्डल प्रथम भएकी छिन् । त्यस्तै द्धितीय अविशेष गौतम र तृतीय मनोमहन दाहाल तृतीय घोषित भए ।
प्रतियोगिताको निर्णायकहरुमा कलेजका अध्यक्ष तुलसी पोखरेल, जिल्ला सहकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिल्ली पोखरेल र रामप्रसाद पोखरेल रहेका थिए ।
‘विद्यार्थीहरुको नेतृत्व विकास गर्न यस्तो प्रतियोगिता आयोजना गरेको हो,’ कलेज प्रमुख सि.एम. बस्नेतलले भने, ‘यस्तो प्रतियोगिताले आगामी दिनमा पनि निरन्तरा दिनेछौं ।’
कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष तुलसी पोखरेलले विद्यार्थीहरुको क्षमता अभिवृद्धी गर्न यस्तो कार्यक्रमले अहम भूमिका निभार्ह गर्ने बताए । त्यस्तै सहकारीका अध्यक्ष डिल्ली पोखरेलले विद्यार्थीहरुको मनोबल अभिवृद्धी गर्न यस्तो कार्यक्रम आगामी दिनमा पनि गर्दै ल्याजाउनु पर्नेमा जोड दिए ।
बादविभाद प्रतियोगिता गर्न कलेजलले अदालतमा हुने बहसजस्तै स्वरुप तयार पारी प्रतियोगिता आयोजना गरिएको थियो । दुई समूहमा विभाजन भएका विद्यार्थीहरुले ‘सुशानको लागि सरकार जिम्मेवार’ शिर्षकमा पक्ष र विपक्षमातर्क पेश गरेका थिए ।