AArya
RUMPUM
animated ellipse animated ellipse

जलविद्युत आयोजना निमार्णमा विदेशी लगानीको भर पर्नु पर्दैन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७४, बिहीबार १८:३०
3
Shares
काठमान्डौं, २७ पुस / सरकारले अघि सारेको ७ बर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्नेलाई सम्मान गरेको छ ।

आज काठमान्डौंमा एक कार्यक्रम बिच विजेताहरुलाई साउथवैष्टन विजनेस कलेजका अध्यक्ष कृष्णबहादुर कार्की,प्रिन्सिपल डा. जयहरीराज पाण्डेले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिस्पर्धामा कलेजमा बिबिए पाँचौं सेमेस्टरमा अध्ययनरत सविन तामाङ, स्मृति श्रेष्ठ, प्रतिक्षा लोहनी, आशिष गुरुङ, सदिक्षा ढकाल, तेस्रो समेस्टरमा अध्ययनरत अनुशाराज भण्डारी र प्रियंका कोइरालाले प्रतिस्पर्धामा भाग लिएका थिए ।

पुस २१ गतेदेखि २३ गते सम्म राजधानीको भुकृटीमण्डपमा सञ्चालन भएको एक्स्पोमा उनीहरुले प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धामा आफ्नो योजना प्रस्तुत गरेका थिए । उनीहरुले यस विधामा एक दर्जन बढी कलेजका प्रतिस्पर्धीहरुलाईपछि पार्दै पहिलो स्थान प्राप्त गरेका थिए ।

उनीहरुले सकारी कर्मचारी, बिद्यार्थी, रेमिट्यान्स र प्रत्येक घर परिवारको संलग्नताबाट स्वदेशी लगानीमै जलविद्युत आयोजना निमार्ण गर्न सकिने योजना सहतिको कार्यपत्र प्रतिष्पर्धामा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर