AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

डा. गोबिन्द केसी रिहा गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७४, मंगलवार १८:४७
9
Shares
विराटनगर, २५ पुस । डाक्टर गोबिन्द केसीको सर्मथनमा विराटनगरमा कोणसभा आयोजना गरिएको छ ।

नागरीक समाजको अगुवाईमा आयोजना भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागि भएका थिए । ट्राफिकचोकमा भएको कोणसभामा बोल्ने वक्ताहरुले डाक्टर केसीलाई अविलम्ब रिहा गर्न माग गरेका थिए ।

कार्यक्रममा बोल्दै शान्ति समाज मोरङका डिकप्रसाद घिमिरे, नागरीक समाजका प्राध्यापक डिल्ली प्रसाई, एलिट क्लबका राधाप्रसाद घिमिरे, पब्लिक फोरमका उत्तम ढुंगेल, यूवा नेता ओसिम आलम, नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्य र आयोजक संस्थाका दिनेश श्रेष्ठलगायतले डाक्टर केसीले चालेको आन्दोलनमा आफूहरुको साथ रहेको बताएका थिए ।
सहभागीहरुले केसीलाई रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर