खबर पूर्वाञ्चल
केराबारी गाउँपालीका प्रमुख रोहितवहादुर कार्कीले उदघाटन गरेको मेला पुस २५ गतेसम्म सञ्चालन हुने छ । मेला उद्घाटन गर्नु पूर्व स्थानीय जात जातिहरुको सास्कृतिक झाँकीहरुले केराबारी वजारको परिक्रमा गरेको थियो । राईको चण्डि लिम्बूको ढोल नाच तथा च्याब्रुङ सहित विभिन्न भजन किर्तन समुहका टोलीहरुले भर्जन किर्तन गाउदै र्यालीमा सहभागि भएका थिए ।
मेला आयोजक समितिका अध्यक्ष भवानी लिम्बुको सभापतित्वमा भएको उद्घाटन र्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनीधि जन प्रतिनीधि तथा राजनीतिक दलका प्रतिनीधिहरुले मच्छिन्द्र मेला ढिलै भएपनि संञ्चालनमा आउनु केराबारीको लागि सुखद भएको भन्दै यसलाई निरन्तरता दिन सवै क्षेत्रका वुद्धिजीविहरु लाग्नु पर्ने औल्याएका छन् ।
मेलामा २ सय भन्दा वढी विभिन्न स्टलहरु राखिएका छन् । ५ दिनसम्म लाग्ने सो मेलालाई सभ्य र भव्य वनाउन स्थानीय कलाकारहरुद्धारा सास्कृतिक कार्यक्रम तथा म्याराथुन दौड,टेवलटेनिस,व्याडमिन्टन,भजनकिर्तन प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
धार्मिक तथा सास्कृतिक महत्व बोकेको सो मेला परापूर्वकालदेखि संञ्चालनमा आएको भन्दै मेलाको संरक्षण सर्वद्धन र व्यापार प्रर्वद्धन गर्ने उदेश्यले मेला संञ्चालनमा आएसंगै स्थानीय व्यापारी व्यवसायीहरु खुशी भएका छन् ।
झण्डै २० वर्षपछि केराबारी व्यापार प्रवन्ध समितिको आयोजनामा गत वर्षदेखि मेलाको सुरुवात भएसंगै यसले निरन्तरता पाएकोमा खुशी व्यतm गर्दै आगमी दिनमा मेला लगाउने स्थान र जग्गावारे गाउपालिकाले पहल गर्नुपर्ने केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह विकले जानकारी दिए ।