AArya
RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्ध स्कूलमा खेलकुद सप्ताह सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० पुष २०७४, बिहीबार १६:२८
3
Shares
विराटनगर, २० पुस / विराटनगर –१० स्थित लर्डबुद्ध स्कूलमा चार दिने खेलकुद सप्ताह सुरु भएको छ । स्कूल परिसरमा बिहीबार एक कार्यक्रमको आयोजना गरी खेलकुद सप्ताह सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन विराटनगर वडा नम्बर १० का वडा अध्यक्ष माधवराज वाग्ले गरेका थिए । चार दिनसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा विभिन्न खेलहरु समावेश गरिएको स्कूलका प्रिन्सिपल सि.एम. श्रेष्ठले जानकारी दिए । खेलकुद सप्ताहमा मार्वल एण्ड स्पोन, म्यूजिकल चियर, साइकल दौड, यथलेटिक्सलगायत खेलहरु रहेको छ ।

कार्यक्रममा स्वतन्त्र नागरिक मञ्च विराटनगर १० का उपाध्यक्ष अप्सरा खनाल र सचिव कृष्ण दाहाल, युनिभर्षल लर्डबुद्ध एकेडमि प्रालिका निर्देशक उमेश कार्की, पासाङ मार्ग टोल संगठनका अध्यक्ष लोकनाथ अधिकारी, कोषाधक्ष्य उद्धव रेग्मीलगायत उपस्थित रहेका थिए ।

कार्यक्रमको उदघाटन गर्दै वडा अध्यक्ष वाग्लेले विद्यार्थीहरुको चौतर्फि विकासको लागि यस्तो खालको कार्यक्रमहरुले अहम भुमिका निभार्ह गर्ने बताए । उनले भने, ‘यस्तो कार्यक्रम स्कूलले आगमी दिनमा समेत निरन्तरता दिनुपर्छ ।’ विद्यालयका प्रिन्सिपल श्रेष्ठले गुणस्तरिय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत विशेष ज्ञान दिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर