RUMPUM
animated ellipse animated ellipse

शीतलहरका कारण मोरङको जनजीवन प्रभावित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७४, बिहीबार १३:०६
3
Shares

विराटनगर,२० पुस /विगत केही दिनदेखि जारी शीतलहरका कारण मोरङको जनजीवन जटिल बन्दै गइरहेको छ ।

विगत दुई–तीनदेखि चिसो हावा चल्नाले अतिआवश्यक कामबाहेक मानिस घरबाट बाहिर निस्कन नसकेकाले विराटनगरलगायत जिल्लाका विभिन्न बजारमा चहलपहल निकै घटेको छ । सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप घटदै आएकोे छ ।

औपचारिक रूपले विद्यालय बन्द नगरिए पनि जाडोका कारण विद्यार्थी अन्य दिनको तुलनामा घटेको छ । शीतलहरको प्रभाव सार्वजनिक यातायातको क्षेत्रमा समेत परेको छ ।

शीतलहरका कारण कतिपय बालबालिका तथा वृद्धवृद्धा रुघाखोकी र निमोनियाले पीडित भएका छन् । विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार गराउन पुग्नेहरुमा त्यस्ता रोगबाट पीडितको संख्या अधिक छ । शीतलहरबाट घरपालुवा चौपायासमेत प्रभावित भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर