AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कटहरीमा गोपाल फन पार्क आजदेखि सञ्चालनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७४, आईतवार १२:२९
3
Shares
पुष्पराज थपलीया
बिराटनगर, १६ पुस / बिराटनगरको नजिकै रहेको कटहरी गाउँपालिका–२ मा गोपाल फन पार्क आजदेखि सञ्चालनमा आएको छ ।

गोपाल फर्न पार्कको १३ बिघा क्षेत्र फलमा ३ बिघामा दुई पोखरी रहेको छ । पाखरीमा हाललाई ६ डुंगाबाट नौका बिहार सञ्चाल गरीएको सञ्चालक शम्भु कामतले जानकारी दिए । हालसम्म १३ करोड लगानी भएको पार्कमा दुई महिनाभित्र पुर्ण सुविधा सम्पन्नका साथ पार्क सञ्चाल गरीने सञ्चालक कामतले बताए । पार्कमा रहेको पोखरीको विचभागमा अध्याधुनिक रेष्टुरेन्ट बनाएर सञ्चालन गर्ने कामतले जानकारी दिए ।

पार्कमा खेलका साथै मनेरञ्जनका नयाँ सामाग्री राखेर यो क्षेत्रका आम जनतालाई मनोरञ्जको एउटा केन्द्र नै बनाउने उदेश्य रहेको सञ्चालन कामतले बताए । यस अधि पार्क सञ्चालमा ल्याउने तयारी गरेपनि बाढी र डुवानले भौतिक संरचनामा क्षति पुर्रयाएकोले ढिलो सञ्चानन भएको सञ्चालन कामतले जानकारी दिए ।

पार्कमा नौका विहार, बाल उद्यान,वनभोज स्थल, विभन्न खेलकुदकोसामाग्रीको स्पर्धा र पर्वातारोहणलगायतको अवधारण तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर