विराटनगर/बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा “एस्पायर २०१७” इभेन्ट आयोजना गरेको छ ।
पुस ३ गते देखि आयोजित एस्पायर २०१७ मा बिद्यार्थीका लागि ६ वटा बिभिन्न म्यानेजमेन्ट इभेन्ट आयोजना गरिएको छ ।एस्पायर २०१७” अन्तर्गत बिजनेस हसल , ब्रान्ड स्न्याप , बिज(बज , मास्टर इन फेलियर , आइडियाज टु दि वर्ल्ड कार्यक्रम सम्पन्न भएको छ भने क्रिश्मस डे डिसेम्बर २५ मा हुन लागेको कलेजले जनाएको छ ।
कार्यक्रममा बिद्यार्थीहरुले बिज्ञापन उत्पादन गर्ने ,म्यानेजमेन्ट कुइज ,नयाँ उद्यमी बन्न बिभिन्न बिजनेस प्लानलगायतका प्रस्तुतिहरु दिएका थिए ।
बिद्यार्थीहरुलाई आफुले पढेको कुरालाई व्यवहारमा उतार्न सिकाउने उदेश्य सहित उक्त कार्यक्रम गरिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं । मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।