खबर पूर्वाञ्चल
विराटनगरको सेन्टमेरिज विद्यालयमा कक्षा ६ मा अध्ययनरत पोखरेले आज विराटेश्वर वृद्धाश्रम पुगेर आश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई नगद हस्तान्तरण गरिन ।
यशस्वीसँगै आश्रम पुगेका उनका पिता धिरज पोखरेलले जन्मदिन मनाउने नाममा तडकभडक गर्नु भन्दा वृद्धवृद्धाको भरणपोषणमा थोरै भएपनि सहयोग पुगोस भनेर सहयोग गरिएको बताए । पोखरेलले भने,‘आफ्नो परिवारबाट अलग भएर बसेका वृद्धवृद्धालाई राहत पुगोस भनेर सहयोग गरिएको हो ।’
यसअघि भूकम्प आए लगत्तै यशस्वीको गुन्यूचोली कार्यक्रम रद्द गरेर पोखरेल परिवारले प्रधानमन्त्री राहतकोषमा छोरीको नामबाट एकलाख रुपैया सहयोग गरेको थियो ।