AArya
RUMPUM
animated ellipse animated ellipse

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ पुष २०७४, मंगलवार २०:१२
3
Shares
काठमाडौं,४ पुस /नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । १५ दिनको अन्तरमा निगमले दोस्रो पटक मुल्य बढाएको हो । यसअघि निगमले मंसिर २२ गते इन्धनको मूल्य समायोजन गरेको थियो ।

निगमले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १–१ रुपैयाँले बढाउँने निर्णय गरेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८–७८ रुपैयाँ पुगेको छ ।

निगम स्वचालित मूल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगले दाबी गर्दै आएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छ ।

मुल्य वृद्धि भएपछी निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा र डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा रहेकोछ ।

मट्टीतेलमा भने प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा तथा हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ ८३ पैसा र बाहृयमा २४ रुपैयाँ ८८ पैसा नाफा रहेकोे निगमले जनाएको छ । खाना पकाउने एलपीजी ग्यासमा भने प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर