AArya
RUMPUM
animated ellipse animated ellipse

आर्मी क्लब उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७४, बिहीबार २०:२६
3
Shares
दुहवी, २८ मंसिर / त्रिभुवन आर्मी क्लब काठमाण्डौ दोश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता उपाधि नजिक पुगेको छ ।

आर्मीले शनिबार हुने फाइनलमा मनाङ मस्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

आर्मीले आज भएको अन्तीम सेमीफाइनल खेलमो अग्नी रुपन्देही ११ रुपन्देहीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरी फाइनलको यात्रा तय गरेको छ ।

मध्यात्नरे तेश्रो र पाँचौ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले व्यक्तिगत गोल गरि आफ्नो टिमलाइ २–० ले अग्रता दिलाएका थिए । त्यस्तै २६ औ जर्ज प्रिन्स कार्की र ८९ औ दिप लामाले थप १–१ गोल गरि आफ्नो टिमलाइ उपाधि नजिक पुर्याएका थिए ।

खेलको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मीका नवयुग श्रेष्ठललाई नगद पाँच हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो । विजेताले ४ लाख र उपविजेताले ि२ लाख शिल्ड मेडल प्रमाणपत्र हात पार्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर