पूर्वाञ्चल खबर
विज्ञप्ति निकालेर मतदाताहरुलाई हार्दिक आभार व्यक्त गर्दै कोइरालाले चुनावी अभियानका क्रममा आफूले उठाउँदै आएका राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दाहरू पूरा गराउन अविचलित रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि अविचलित रुपमा यहाँहरुसँगै रहनेछु,” विज्ञप्तिमा भनिएको छ, “समृद्ध नेपाल निर्माणको महाअभियानको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुनु हुने र सद्भाव व्यक्त गर्नु हुने सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
लामो राजनीतिक संक्रमणकाललाई अन्त्य गर्दै शान्तिप्रक्रिया सार्थक निष्कर्षमा पु¥याउने र लोकतन्त्रलाई बलियो बनाउने क्रममा हामी छौं । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो । निर्वाचनको परिणामलाई सहजरुपमा लिनुपर्छ ।”
मोरङ क्षेत्र नम्बर ६ का जनताको माया–ममता र सद्भाव रहँदारहँदै पनि निर्वाचनबाट आएको परिणामलाई सहजरूपमा लिएको कोइरालाको भनाइ छ । “जितहार प्राविधिक विषय हुन् ।
लोकतन्त्रको जन्मभूमि विराटनगरको विरासत जोगाउन जस्तोसुकै कठिन मोडमा पनि म कटिबद्ध छु र रहिरहनेछु,” कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आफू जस्तोसुकै परिस्थितिमा पनि मुलुकका दुरदराजलगायत मोरङबासीको शिर कुनै पनि अवस्थामा झुक्न नदिने कोइरालाको प्रतिबद्धता छ । साथै कोइरालाले निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुहुने सुरक्षा निकाय, कर्मचारी, संचारकर्मी, उद्योग/व्यवसायीलगायतलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।