खबर पूर्वाञ्चल
पछिल्लो मत परिणाम अनुसार मोरङ क्षेत्र नम्बर १ मा संयुक्त वाम गठबन्धनका एमालेका उम्मेद्वार घनश्याम खतीवडाले ले ९७६८ मत ल्याएका छन् भने कांग्रेस उम्मेद्वार डिकबहादुर लिम्बुले ८७८४ मत ल्याएका छन् ।
त्यस्तै मोरङ क्षेत्र नम्बर २ मा संयुक्त वाम गठबन्धनका एमालेका एम्मेद्वार ऋषीकेश पोखरेलले ७१४६ मत ल्याएका छन् भने कांग्रेसका उम्मेद्वार डा. मिनेन्द्र रिजालले ६७०७ मत ल्याइ पोखरेललाई पछ्याइरहेका छन् । मोरङ २ मा १५४१४ गणना भइसकेको छ ।
त्यसैगरी मोरङ क्षेत्र नम्बर ३ मा संयुक्त वाम गठबन्धनका एमालेलेका उम्म्मेद्वार भानुभक्त ढकालले १३३४१ मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार सुनीलकुमार शर्माले १२५७८ मत ल्याएका छन् । मोरङ ३ मा २८६७३ गणना भइसकेको छ ।
त्यसैगरी मोरङ क्षेत्र नम्बर ४ मा संयुक्त वाम गठबन्धनका माकेका उम्म्मेद्वार अमालाल मोदीले ७०८४ मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार महेश आचार्यले ५०४२ मत ल्याएका छन् । मोरङ ४ मा १४ हजार १ सय १३ मत गणना भइसकेको छ।
त्यसैगरी मोरङ क्षेत्र नम्बर ५ मा संयुक्त वाम गठबन्धनका माकेका उम्मेद्वार शिवकुमार मण्डलले ३४८९ मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार अमृत अर्यालले ३३१८ मत ल्याएका छन् भने सघिय समाजवादी पार्टीका राजकुमार यादवले २९१७ मत ल्याएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ मा संयुक्त वाम गठबन्धनका एमालेका उम्मेद्वार लालबाबु पण्डितले २०६३ मतको अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार एमाले पण्डितले १३०७९ मत ल्याएका छन् भने कांग्रेस उम्मेद्वार डा. शेखर कोइरालाले ११०१६ मत ल्याएका छन् । मोरङ ६ मा २२६१३ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया