animated ellipse animated ellipse

विपीका असली चेला हामी हौं – ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ मंसिर २०७४, आईतवार १२:२०
3
Shares
विराटनगरको पुष्पलाल चौकमा चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली । तस्वीर-पुष्पराज थपलीया /खबर पूर्वाञ्चल
विराटनगर, १७ मंसिर / नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांगे्रसका नेता विपी कोइरालाको असली चेला आफूहरु भएको बताए ।

बाम गठबन्धनद्वारा आइतबार विराटनगरको पुष्पलालचोकमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । कांग्रेसको माथिल्लो ओहोदामा विपीका असली चेला नभएर अलोकतान्त्रिक चरित्र भएकाहरुको हालीमुहाली भएको बताउँदै ओलीले त्यसको नेतृत्व र विचार आफूले बोकेको दाबी गरे । ‘विपीले भनेको समाजवाद भन्यो भने झसंग हुन्छन्, विपीले भनेको राष्ट्रवाद भन्यो भने खोक्रो भन्छन्,’ ओलीले भने, ‘असली चेला हामी भएका छौं विपीका चेला कांग्रेसमा छैनन् ।’

बहुराष्ट्र भन्नेहरु देशद्रोही हुन्
अध्यक्ष ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी नै देशद्रोही भएको बताए । जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी पनि देशद्रोही भएको आरोप लगाए । उनले एउटा शासन व्यवस्था, राजनैतिक प्रणाली तथा सीमा अन्तर्गत रहेको नेपाल एक बहुजातीय राष्ट्र भएको तर बहुराष्ट्र भने नभएको स्पष्ट पारे ।

विदेशीले हात हाल्न खोजे पोल्छ
कार्यक्रममा अध्यक्ष ओलीले नेपालको आन्तरिक मामलामा हात हालेर विथोल्न खोज्नेका दिन अब सकिएको बताए ।

विदेशीले हात हालेकै कारण आफू सरकारबाट बाहिरिनु परेको बताउँदै अध्यक्ष ओलीले अब बन्ने सरकार दुइतिहाइ मतसहितको हुने भएका कारण पुनः हात हाल्न खोजे पोल्ने दाबी गरे ।

‘अब आन्तरिक मामलामा कसैले हात घुसारेर खेल्न नखोजे हुन्छ,’ ओलीले भन्नुभयो, ‘बाम पन्थीको दुई तिहाइ आएपछि हात घुसारेभने पोल्नेछ ।’

आफूले छिमेकीलाई अनावश्यक हात नहाल्न भनेको बताउँदै ओलीले देशलाई स्थिरता र स्थायीत्व दिँदै देशलाई समृद्ध बनाउने बताए । ‘बाम गठबन्धनले दुई तिहाइ ल्याउन जरुरी छ । रहर र लहडका लागि होइन देश बनाउनका लागि हो,’ ओलीले भने, ‘बाँडीचुँडी खानेहरुले बनाएको अलोकतान्त्रिक गठबन्धनलाई पराजित गर्नुपर्छ ।’ कांगेसलगायतले लोकतान्त्रिकको नाममा अलोकतान्त्रिक गतिविधि गरिरहेको ओलीको आरोप थियो ।

माओवादी र एमाले मिलेपछि देशमा भ्रष्टाचारको अन्त्य, कृषिको आधुनीकीकरण, सरकारी नीजि तथा सहकारीको आधारमा विकास निर्माण गर्ने, उद्योगको स्थापना गर्ने र राष्ट्रियताको प्रबद्र्धन गर्ने बताउँदै ओलीले आगामी निर्वाचनमा बामगठवन्धनलाई विजयी बनाउन आग्रह गरे ।

अध्यक्ष ओलीले अमेरिकी सहयोगमा पाँच सय अर्वको लागतमा आगामी पाँच वर्ष भित्र पूर्व पश्चिम राजमार्गलाई ६ लेनको बनाउनुका साथै, पूर्व–पश्चिम रेल मार्ग, हिमाल, पहाड र तराई जोड्ने सडक, विद्युत उर्जाको विकास गर्ने दृढता व्यक्त गरे ।

चुनावीसभामा बोल्दै मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार लालवावु पण्डितले नेपाली कांग्रेसले नै विराटनगरलाई दोस्रो ठूलो शहरवाट छैठौं सहरको स्तरमा पु¥याएको भन्दै चर्को आलोचना गरे ।

सभामा नेकपा माओवादी केन्द्रका लीलामणि पोखरेल र मोरङ क्षेत्र नं ४ का नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले विराटनगरको वृहत्तरको विकासलागि बामगठबन्धनलाई बिजयी गराउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर