पूर्वाञ्चल खबर
स्थानिय दुहवीको खेलमैदानमा हुने गोल्डकपको बारेमा आयोजक एलेभन एरोज क्लवले आव पत्रकार सम्मेलन गरी गोल्डकपबारे जानकारी गराएको हो । मनमोहन स्मति प्रतिष्ठानको सहयोगमा सञ्चालन गरिन लागेको गोल्डकपको बिजेताले ४ लाख र उपबिजेता २ लाख नगद पाउने क्लवका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।
पुस १ गते सम्म हुने प्रतियोगितामा नेपालको ए डिभिजन क्लबहरु झापा–११, चर्च ब्वाईज युनाईटेड काठमाण्डौ, आयोजक एलेभन क्लव, मनाङ्ग मस्र्याङ्गदी, त्रिभुवन आर्मी, मोरङ्ग ११, रुपन्देही ११ र बङ्गलादेशको मीरपुर एकादेश ढाका क्लवको सहभागिता रहने क्लका महासचिव बिपुल थापाले थप जानकारी दिए ।
गोल्डकप सम्पन्न गर्न पचास लाख रुपियाँको खर्च लाग्ने आयोजकले जनाएको छ । जसका लागी प्रायोजक मनमोहन स्मृति प्रतिष्ठानबाट १० लाख, विभिन्न सह–प्रयोजकहरुबाट १४ लाख तथा विज्ञापन र अन्य क्षेत्रबाट गरी ५० लाख रुपियाँ सहयोग उठाइने आयोजक क्लवका संयोजक जीवन थापाले जानकारी दिए । मनमोहन स्मृति प्रतिष्ठानका खेल संयोजक डा. सुवास पोख्रेलले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा स्थापना भएको मनमोहन स्मृति प्रतिष्ठानले खेल क्षेत्रका विकासका प्रायोजन गरेको बताए ।
उनले विभिन्न स्थानमा हुने यस प्रकारको गोल्डकपका लागी महत्वपूर्ण सहयोग पु¥याउँदै आएको बताउदै यसलाइ निरन्तरता दिने बताए । गत संस्करणको पहिलो गोल्डकपको उपाधी मनाङलाइ पराजित गर्दै आर्मीले जितेको थियो ।