खबर पूर्वाञ्चल
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापा मगर, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य गोबिन्द चौलागाई र केन्द्रीय सदस्यअवधेश झा टोलि आज बिराटनगरमा आइपुगेको छ ।
आजै टोलिले बिराटनगरका पत्रकारहरु संघ अन्तरकृया कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष दिलिप थापा मगरले आगामी मंसिर २१ गते हुने निर्वाचनमा पत्रकार सुरक्षा समस्या निराकरणका बारेमा हामीले छलफल चलाउदै छा,ै र यहाँका प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसंघ भेटेर छलफल चलाउने बताए ।
छलफल कार्यक्रममा पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य गणेश लम्साल, प्रेस युनियन मोरङका सचिव विनोद सुवेदी , स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारी , मधेसी पत्रकार समाज मोरङका अध्यक्ष श्याम सुन्दर सुतिहारले आफना सुझाव राखेका थिए । सुझावमा पत्रकारको दुर्घटना बिमा, महासंघले प्रदान गर्ने नेटको सुविधा,समान विज्ञापन, आचारसंहिता उल्लंघन, आसन्न निर्वाचनमा समाचार संकलन गर्न पाउन प्रयोग गरिने परीचयपत्र अभाव जस्ता विषयमा प्रश्न उठेका थिए ।
त्यसैगरी कार्यक्रमा पत्रकार महासंघ मोरङ शाखाका सभापति बन्धु पोखरेले बिगतको स्थानिय निर्वाचनको कुरालाई हेरेर त्यस्ता नहोस भन्दै, सूचनाको हक पास र सुरक्षा यातायात पासको व्यवस्थामा ध्यान दिदै सुधार गर्ने बताए ।
पत्रकार महासंघको केन्द्रीय टोलीले आजै क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद संञ्जेल र मोरङका प्रमुख जिल्ला अधिकारीसंग भेटेर सुचना संकलन गर्न हुन सक्ने जटिलताका बारेमा छलफल गरेका थिए ।