विराटनगर । संविधानसभा निर्वाचन २०७० मा मतदान गर्ने मिति टेक्न पाँच दिन मात्र बाँकी थियो । निर्वाचनका लागि उमेदवारहरु अन्तिम कसरतमा थिए ।
विराटनगर र आसपासको क्षेत्रमा एकाएक एउटा हल्ला चलाईयो । मौन अवधीको दुईदिन अगाडी चलेको हल्ला थियो–‘भारतले नुन रोकिदियो ।’ त्यसको भित्री अफहवा भने नेपालमा माओवादी र मधेशवादी दलले चुनाव जित्छन् भनेर भारतले नुनमा रोक लगायो भन्ने थियो । यसको नेतृत्व नेपाली काँग्रेसले ग¥यो तर तत्कालिन जिल्लास्थित प्रशासनका प्रमुखको पनि संलग्नता रहेको भनाई छ ।
तराईका मतदातामा भ्रम सिर्जना गरेर बजारमा नुन हल्ला चलाएपछि विराटनगरसँग जोडिएका आसपासको क्षेत्रमा काँग्रेस अगुवाईमा हरेक घरलाई एककिलो नुन पु¥याईयो । सामाजिक मनोविज्ञानका आधारमा नुन खाएपछि सोझो गर्नुपर्ने मतदातामा छाप छोडेपछि काँग्रेसका लागि मोरङको ५, ६ र ७ नम्बर निर्वाचन क्षेत्र जित्न खासै समस्या परेन ।
मधेशी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र लोकतान्त्रिक फोरमका भक्ति माझी नेपाली काँग्रेसका नेता अमृत अर्याल, डा.शेखर कोइराला र महेश आचार्यका प्रतिस्पर्धि मात्र बने ।
प्रशासनसँगको मिलेमतोमा फैलाईएको हल्लाले काँग्रेस र राप्रपालाई फाइदा पु¥यायो । किनकी माओवादी र मधेशी दललाई साइजमा ल्याउन समानुपातिक भोट बिगार्ने एउटा नारा नेपाली काँग्रेस थियो ।
तराईमा काँग्रेस भन्थ्यो–‘एक भोट गाछीमा एक भोट बाछीमा ।’
नुन खुवाएर चुनाव जितेका काँग्रेसका नेताहरु यस पटक पार्टी प्रवेश गराएको संख्याको हल्लामा कुदिरहेका छन् । बारम्बार विजयी हुँदा समेत विराटनगरको विकासमा चासो नदेखाएका काँग्रेस नेताहरु डा.शेखर कोइराला, महेश आचार्य र अमृत अर्याललाई निक्कै कडा चुनौति यस पटक बेहोर्नु परेको छ ।