RUMPUM
animated ellipse animated ellipse

पोखरेलको पक्षमा उर्लियो जनलहर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०७४, मंगलवार १६:०६
3
Shares
रमेशप्रसाद पोखरेल संचालक, राष्ट्रिय सहकारी महासंघ लि. नेपाल
विराटनगर, १२, मंसिर / मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा मोरङ क्षेत्र नं. ६ (२) का प्रदेश सभा उम्मेदवार रमेशप्रसाद पोखरेलको पक्षमा जनलहर उर्लिएको छ ।

संयुक्त बाम गठबन्धनका उम्मेदवार पोखरेलको घरदैलो कार्यक्रममा स्थानिय मतदाताहरुको सहभागिता उल्लेख्य रहने गरेको छ ।
पोखरेलका प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रदेश सभाका उमेद्वार केदार कार्की टंकिसिनवारीका हुनु तर पोखरेल आफ्नै प्रादेशिक क्षेत्र विराटनगर १२ का स्थायी बासिन्दा भएका कारणले पनि उनको पक्षमा जनसहभागिता उल्लेख्य हुने गरेको स्थानिय वासिन्दाहरु बताउदछन् ।

प्रदेश नं. ६(२) भित्र विराटनगर महानगरपालिकाका ५,६,७,९,११ र १२ नम्वर वडाहरु पर्दछन् । “आफुले आफैलाई मतदान गर्न नपाउने केदार कार्की टुरिष्ट उम्मेदवार हुन, त्यसैले हामी स्थानिय उम्मेदवारको पक्षमा लागेका छौं,” घरदैलोमा सहभागि विराटनगर ५ का भवनाथ लुईटेल बताउँदछन् ।

पोखरेल भने आफ्ना एजेण्डाका आधारमा जनता सामु मत मागि रहेको बताए । उनी भन्छन्, “म विराटनगरको समग्र बिकास र यंहाँका जनताको आर्थिक सम्बृद्धिका योजना लिएर जनताका वीचमा गएको छु,, मेरा एजेण्डालाई मन पराएर जनताहरु आकर्शित हुनु भएको छ ।”
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा प्राध्यापन पेशामा लामो समय देखि संलग्न पोखरेल एक बौदिक ब्याक्तिका रुपमा चिनिन्छन् । उनले आफुलाई सहकारीको राष्ट्रिय ब्याक्तित्वका रुपमा समेत स्थापित गरेका छन्, जसका कारणले पनि उनी मतदाताका विचमा लोकप्रिय बन्दै गएका देखिन्छन् ।

पोखरेल भन्छन्,“ राजनीतिक परिवर्तनले मात्र हुदैन, जव सम्म जनताको आर्थिक अवस्था सुदृढ बन्दैन तव सम्म राजनीतिक परिवर्तनको कुनै सार्थक अर्थ रहदैन । जनताको सम्बृद्धि र आर्थिक उन्नती नै मेरो अर्जुन दृष्टि हो, यसका लागि भौतिक पूर्वाधारको विकास, लगानिमैत्री बातावरण, लगानिकर्ताको सुरक्षा, शान्ति सु–ब्यवस्था आदिको जरुरी पर्दछ । म यहि कुरा स्थापित गर्न प्रयत्नरत रहने छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर