खबर पूर्वाञ्चल
प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सिराहले जनाएको छ । आइतबार दिउँसो सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर जीतना प्रहरी चौकमिा कार्यरत सुरक्षाकर्मीहरु घाइते भएको प्रहरीले जनाएको हो ।
मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको प्रहरीले जनाएको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।
घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।