खबर पूर्वाञ्चल
आर्थिक वर्ष २०७२÷ २०७३ मा सवैभन्दा बढी आयकर दाखिला गरेको भन्दै छैठौं राष्टिय कर दिवस २०७४ को अवसरमा उत्कृष्ट करदाताको रुपमा न्यूरो हस्पिटललाई आन्तरिक राजस्व कार्यालय विराटनगरले सम्मान गरेको हो ।
न्यूरो अस्पताललाई दुई वर्ष अघि पनि अव्वल करदाताको रुपमा सम्मान गरिसकेको छ । अस्पतालले विगत डेढ दशक देखि अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्दे पुर्वाञ्चलका मानिसले स्वास्थोपचारका लागी विदेश जानु पर्ने वाध्यताको अन्तय गर्न सफल भएको हिस्पटलले दाबी गरेको छ ।
स्वास्थ्य सेवाको माध्यमबाट स्वस्थ्य समाज निमार्णको दिशामा अगाडी बढेको यस अस्पतालले उल्लेखनिय रुपमा रोजगारीको सिर्जना गर्नुको साथै राजस्व सकंलनमा समेत महत्वपूर्ण योगदान गर्न सफल भएको हस्पिटलका अध्यष डा. बिरेन्द्रकुमार विष्टले बताए ।
न्यूरो अस्पतालले पुर्वान्चलका बिरामीलाई नयाँ नयाँ स्वास्थ्य सेवा प्रदान गर्न सधै अग्रसर भएर लागि पर्ने डा. विष्टले बताए । अत्याधुनिक उपरण र प्रविधिहरुको प्रयोगद्धारा बिरामीहरुको उपचार गर्दै आएकाले धेरै बिरामीहरुले लाभ लिएर विश्वास जितेको हस्पिटलको भनाई छ ।
सोही अवसरमा डा. विष्टले यस्ता किसिमका सम्मानले हौसला प्रदान गरेको बताउदै राज्यले इमान्दार व्यवसायीहरुको लागी विशेष व्यवस्था गर्नु पर्ने खाँचो रहेको औल्याए ।