animated ellipse animated ellipse

आरती स्ट्रिप्स विरुद्ध स्थानिय आन्दोलित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७४, शनिबार १८:१९
9
Shares
विराटनगर,९ मंसिर/ आरती स्ट्रिप्सबाट निस्किने प्रदूषण नियन्त्रण गर्न उद्योगले चासो नदेखाएको भन्दै स्थानियबासीले उद्योग परिसरमै चार घण्टा धर्ना दिएका छन् ।

उद्योगबाट निस्किने फोहोर नालामा मिसाउने र प्रदूषणबाट हैरानी भएपछि स्थानियबासीले आज उद्योग अगाडी चार घण्टा धर्ना दिएका हुन् ।

दिगो रुपमा व्यवस्थापान नगरी सञ्चालनमा ल्याएको उद्योगबाट निस्कीने धुवाँ र प्रदूषण तत्काल नियन्त्रण गर, उद्योगबाट निस्कने प्रदूषणको उचित व्यवस्थापन बेगार थप विस्तार गर्न लागेको भौतिक निमार्णको उचित व्यवस्थापन गर लगायतको विभिन्न नारा लगाउँदै चार घण्टा धर्ना दिएका थिए ।

बुढीगंगा गाउँपालिका १ नम्बर वडाका करिब १ हजारको सख्ंयामा उद्योगबाट निस्कीने प्रदूषणबाट प्रभावित भएका स्थानियले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिएका थिए ।

धर्ना कार्यक्रमको कोणसभामा बोल्दै स्थानिय फडिन्द्रप्रसाद निरौलाले उद्योगले तत्काल प्रदूषण नियन्त्रण गर्ने व्यवस्था नगरे स्थानिय चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए । ‘हामीले पटक–पटक सहदै आइम,’ उनले भने, ‘मानव स्वास्थ्यमा गम्भिर असर गर्ने प्रदूषण तत्काल नियन्त्रण नगरे कडा रुपमा प्रतिकारमा उत्रिन्छौं ।’ उनी भन्छन्,’ यो धर्ना कार्यक्रम चेतावनी स्वरुप हो । प्रदूषण तत्काल नियन्त्रण नगरे थप आन्दोलन चर्काउने स्थानियको भनाई छ ।

उद्योगबाट बढेको प्रदूषणको विषयमा लिएर आइतबार टंकिका स्थानिय जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउने स्थानिय शिक्षक नगेन्द्रप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार प्रशासन, स्थानिय र उद्योगविच छलफल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर