RUMPUM
animated ellipse animated ellipse

हल्लाको पछि नलाग्न वाम सल्लाह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७४, शनिबार ०७:४४
3
Shares
विराटनगर /नेपाली काँग्रेसका नेताहरुले वाम गठबन्धनको रुपमा संयुक्त उमेदवारी दिईएका व्यक्तिहरुको विषयमा आम मतदातासँग गलत हल्ला फैलाउँदै आएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी गठबन्धन र त्यसपछि एकताका कारण अत्तालिएका काँग्रेस नेताहरुले दुई पार्टीका कार्यकर्ताबीचमा अविश्वास बढाउन खोज्नुका साथै आम मतदातामा भ्रम सिर्जना गर्ने कामलाई तिव्रता दिईएका हुन् ।

काँग्रेसले आफ्नै कार्यकर्तालाई एमाले र माओवादी बनाएर मतदाताको घरघरमा पठाउन थालेको छ । मतदातासम्म पुगेका उनीहरुले एमालेले माओवादीका उमेदवारलाई भोट नदिने र माओवादीले एमालेसँग समर्थित उमेदवारलाई भोट नदिने जस्ता कुरा गरेर फर्कने गरेका छन् ।

निर्वाचन क्षेत्र निर्धारणपछि फरक–फरक क्षेत्र जोडिएपछि एक गाउँका व्यक्ति अर्को गाउँका व्यक्तिसँग जानपहिचान नहुने कुराको मनोविज्ञानलाई काँग्रेसले प्रयोग गर्दै आएको खुलेको छ । दुवै पार्टीका सक्रिय र संगठित नेता तथा कार्यकर्ता भोट माग्न व्यस्त रहेको मौका छोपी काँग्रेसकै कार्यकर्ताहरु कम्यूनिष्ट बनेर गाउँ छिर्न थालेका हुन् ।

एउटै क्षेत्रबाट उठेका प्रतिनिधीसभा र प्रवेशसभा सदस्यबीच मतभेद सिर्जना गराउने उद्देश्य काँग्रेसले राख्दै आफ्नै कार्यकर्ता परिचालन गरेको हो ।

तर, संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति मोरङका संयोजक बिनोद ढकाल र गोपी अछामीले भने कोहि कसैले भनेको हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । कसैले पनि केहि बताएमा आफूहरुसँग सोध्न र बुझ्न दुवै नेताहरुले आग्रह गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर