AArya
RUMPUM
animated ellipse animated ellipse

एकताको रिहलसल मंसिर २१

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७४, शनिबार ०७:४३
3
Shares
उर्लाबारी/युक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति मोरङका संयोजक एवम् नेकपा एमालेका जिल्ला अध्यक्ष बिनोद ढकालले मंसिर २१ गतेको निर्वाचन पार्टी एकताको रियलसल भएको बताए ।

मोरङको उर्लाबारीमा आयोजित पार्टी प्रवेश एवम् अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै नेता ढकालले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई दर्बिलो बनाउने निर्वाचनमा जितको बिकल्प नरहेको बताए ।

पार्टीका अगुवा कार्यकर्तालाई निर्देशन दिँदै उनले नेपाली काँग्रेसबाट अब देशको समृद्धि हुन नसक्ने भन्दै समृद्धिको अभियानलाई अगाडी बढाउन पनि वाम गठबन्धनको जित आवश्यक रहेको बताए । एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले मोरङका अधिंकाश क्षेत्रमा बाम गठबन्धनको जित निश्चित रहेको दाबी गर्दै उनले मोरङ क्षेत्र नम्बर १ मा पनि कति मतान्तरले जित्ने भन्ने मात्र रहेको बताए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय अन्र्तगत श्रोत ब्यक्ति समाजका जिल्ला अध्यक्ष एवम् पथरीशनिश्चरे श्रोत केन्द्रका श्रोत ब्यक्ति उर्लाबारी – ५ का गणेशप्रसाद दाहाल एमालेमा प्रवेश गरे । उनलाई जिल्ला अध्यक्ष ढकालसहितका वाम नेताहरुले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर