खबर पूर्वाञ्चल
पण्डितका प्रतिद्वन्द्वी कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो प्रतिद्वन्द्वीलाई चिन्दिन भनेको प्रसंग कोट्याउँदै पण्डितले यस्तो बताएका हुन् । विराटनगरमा आज आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा पण्डितले आफूले विगतमा पनि भ्रष्टाचार नगरेको र अब भविश्यमा पनि भ्रष्टाचार नगर्ने प्रतिबद्वता व्यक्त गरे । राजनीतिक पद बेचेर पैसा माग्ने प्रवृत्ती बढेको प्रति व्यंग्य गर्दै पण्डितले यस्तो प्रवृत्ती रहे देश पनि नबन्ने र सम्बन्धीत नेता पनि सकिने बताए ।
पण्डितलाई अष्ट्रेलिया निवासी एक नेपाली महिलाले निर्वाचन खर्चको रुपमा पाँच लाख नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छिन् । अष्ट्रेलिया निवासी तेह्रथुमकी राधिका पोखरेलले आफ्नो ट्रष्टमार्फत पण्डितलाई पाँच लाख एक सय ११ रुपैयाँ हस्तान्तरण गरेकी हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा राधिकाका दाजु नारायण पोखरेल र भाई चन्द्र पोखरेल तथा ट्रष्टका अध्यक्ष भगिश्वर लिम्बूले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए । पोखरेलले पण्डित जस्ता नेपाली राजनीतिका निष्कलंक, छविका व्यक्तिले चुनाव जितेको हेर्न मन भएकोले सहयोग गरेको बताउनु भएको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पण्डितले पोखरेललाई धन्यवाद ज्ञापन गरे । उनले राज्यले दिएको निर्वाचनमा खर्च गर्ने परिधिभित्र रहेर सहयोग लिने बताए । विभिन्न संघ÷संस्था तथा स्वास्थ्य, शिक्षाको क्षेत्रमा १ करोडभन्दा बढी रकम सहयोग गरेको ट्रष्टका अध्यक्ष लिम्बूले जानकारी दिए । पण्डितलाई कतारबाट नेपालीहरुले संयुक्त रुपमा ६० हजार रुपैयाँ सहयोग गरेका छन् भने अन्य ठाउँबाट पनि सहयोग गर्ने प्रतिबद्वता आइरहेको कार्यक्रममा जानकारी दिइयो ।