animated ellipse animated ellipse

भाइबरमार्फत चिठ्ठा परेको छ भन्दै लाखौँ रूपैयाँ ठगी गर्ने गिरोह प्रहरीको फन्दामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ मंसिर २०७४, शुक्रबार १९:४५
3
Shares
विराटनगर, १ मंसिर/भाइबरमार्फत चिठ्ठा परेको छ भन्दै लाखौँ रूपैयाँ ठगी गर्ने गिरोहका छ जनालाई मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

लामो समयदेखि अवैध रूपमा हुण्डीको समेत कारोबार गर्दैै आएका विराटनगर महानगरपालिका– ७ का ५५ वर्षीय अनुपचन्द सेठियालाई हिजो साँझ ८६ लाख ५९ हजार ३ सय ४५ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सेठियासहित पक्राउ परका अन्य पाँच जनालाई आज विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।

गोप्य सूचनाको आधारमा मोरङ प्रहरीले ठगीमा संलग्न सेठियाका भतिजा ४० वर्षीय ललित, उनका सहयोगी विराटनगरका ४३ वर्षीय विमलकुमार चिरानिया, २७ वर्षीय श्रवणकुमार साह, सुनसरी दुहवीका २९ वर्षीय बलराम विश्वास र भारतीय नागरिक ३७ वर्षीय
पंकज कर्णलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका सवैलाई जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरिसकेको मोरङ प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बीसीले उनीहरूबाट बरामद भएको रकमको स्रोत नखुले अन्य मुद्धा पनि दर्ता गरिने जानकारी दिए । प्रहरीका अनुसार ठगी गर्ने मुख्य गिरोह पक्राउ गरेपछि पीडितहरू प्रहरीको सम्पर्कमा आउन थालेका छन् । ‘यो गिरोहबाट थुप्रै मानिस ठगिएको हुनुपर्छ’, एसपी बीसीले भने, ‘ठगी गर्ने गिरोहको सञ्जाल ठूलो छ ।’ प्रहरीले उनीहरूको साथबाट भारतमा रकम पठाएको विभिन्न कागजपत्रसमेत फेला पारेको छ ।

मोरङ प्रहरीले एक महिनाअघि विराटनगरको रानीबाट भाइबरमार्फत फोन गरी चिठ्ठा परेको छ भन्दै ठगी गर्ने पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ती पनि यही समूहका हुनसक्ने प्रहरीले अनुमान रहेको छ । प्रहरीले सेठियाको कार्यालयबाट भारतीय एक हजार रूपैयाँ, चाँदीका टुक्रा चार थान, चाँदीका सिक्का दुई थान र छ थान मोबाइलसमेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर