पूर्वाञ्चल खबर
विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी डा. लोहनीले राज संस्था विना नेपालमा स्थायी शान्ति र मुलुकको समृद्धी असम्भव रहेकाले राजसंस्था अनिवार्य रहेको बताए ।
डा. लोहनीले राजसंस्थालाई नेपालको राष्ट्रप्रमुखको रुपमा बनाउनु पर्ने र हिन्दु धर्मलाई राष्ट्रको पहिचानको रुपमा स्थापित गर्नु पर्ने माग गरे ।
डा. लोहनीले अहिले मुलुकको प्रमुख शत्रुका रुपमा भष्ट्राचार मौलाएको बताएका छन् । उनले नेपाल सरकारलाई समेत अहिलेको अवस्थामा भष्ट्राचारीले नियन्त्रणमा लिएको बताए ।
भष्ट्राचार रोक्न सरकार लाग्नु पर्ने हो तर सरकारलाई नै भष्ट्राचारीहरुले नियन्त्रणमा लिएका छन् डा लोहनीले भने । भष्ट्राचारीहरुको जालोमा तीन ठुला पार्टीका नेताहरु भष्ट्राचारीको कमिसनमा हिस्सेदार रहेको उनको भनाई थियो ।