खबर पूर्वाञ्चल
पथरीशनिश्चे नगरपालिका र कानेपोखरी गाउँपालिकाका नेकपा एमालेका केही संगठित सदस्यहरुको नाम वाचन गर्ने देखि लिएर कांग्रेसको कार्यक्रममा तानेर ल्याएर टिका समेत लगाइ दिने कार्य गर्दै आएकोको नेकपा एमाले क्षेत्र नम्बर ३ ले आपती जनाएको छ ।
नाम वाचन गरेका र टिका लगाइदिएको आफ्नो संगठित सदस्यहरुले पार्टी प्रवेश नगरेको विज्ञप्ती निकाल्दै मोरङ क्षेत्र नं. ३ को संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक चण्डीप्रसाद राईले यस्तो कार्य बन्द गर्न चेतावनी दिएका छन् ।
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ का नवराज मिश्र,भोजकुमारी लावती र मिलन बस्नेतलाई पथरीको एक कार्यक्रममा नेपाली कांग्रेसले जवरजस्ती आफ्नो नाम वाचन गरेर कांग्रेसमा प्रवेश गरेको हल्ला फैलाएको भन्दै आपती जनाएका छन् । तिनै जना नेकपा एमालेको संगठित सदस्य समेत हुन् ।
नेकपा एमाले पथरीशनिश्चरे १ का पार्टी अध्यक्ष भिमकुमार राईको हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गर्दै आफूहरु पहिले पनि एमाले मै रहेको र अहिले पनि एमाले नै रहेको जनाउँदै आफूहरु कुनै पार्टी प्रवेश नगरेको विज्ञप्ती उनैहरुले जनाएका छन् ।
कांग्रेसले आफूहरुको चरित्र हत्या गरेको छ, यस्तो कार्य फिर्ता लिन अनुरोध गर्दै यस्तो काम नर्गन समेत चेतावनी दिएका छन् ।
त्यसैगरी कानेपोखरी गाउँपालिका वडा नम्बर ६ का जुठो बारेर बसेका अर्पन राईलाई नेपाली कांग्रेसले आइतबारेको एक कार्यक्रममा कांग्रेसका सोभा रिजालले जवरजस्ती पक्रेर टिका लगाई दिएका पछी राइले आपती जनाएका छन् राले भने एकजनाले पक्रने र अर्कोेले मलाई टिका लगाई दिए सँयुक्त बामगठबन्धनको कार्यक्रममा गुनासो गरे । आफ्नो बाटो हिडिरहेको बेला आफुलाई जुठो बारेको भन्दै गर्दा जबरजस्ती टिका लगाई दिएको उनले बताए ।
राईले भने ‘कांग्रेसले अपराध गरेको छ, म जुठो बारेर बसेको बेला मलाई रातो टिका लगाई दिएको छ । जवरजस्ती कांग्रेस बनाएर हुन्छ ? जनताको मन जित्नु पर्छ, जवरजस्ती गर्दैमा भोट पाउँदैन ।’
त्यसैगरी कानेपोखरी गाउँपालिका वडा नम्बर ४ का रुकमीरा ढकाललाई सोमबार बयरवनको बजारमा नेपाली कांग्रेलले जवरजस्ती कांग्रेसमा प्रवेश गराएको भन्दै आपती जनाएको छ । आफूलाई काम छ भन्दै फोन गरेर बोलाएर तिमी आज देखि कांग्रेसमा प्रवेश गरेको भन्दै लगाइदिए पछि आफू प्रवेश नगरेको बताउँर्दै टिका पुच्दै त्यहाँबाट हिडेकी उनले बताइन् । आफू एमाले नै रहेको र आफू कुनै पार्टी प्रवेश नगरेको उनले जनाइन । रुकमिरा एमालेका संगठित सदस्य देवेन्द्र ढकालको श्रीमती हुन् ।
उता नेकपा एमाललेले यस अधिनै ५ बर्षको लागी कारबाही गरेका पथरीशनिश्चरे १ का धनकुमार तामाङ र कानेपोखरी गाउँपालिका वडा नम्बर ७ का हिमप्रसाद तिम्सीनालाई नेकपा एमालेबाट प्रवेश गरेको भन्र्दै भ्रम फैलाएकोमा आपती जनाएको छ । उनीहरु एमाले थिएन । तिम्सीना यस अघि स्थानीय तहमा टिकट नपाए पछि एमालेबाट नेपाल मजदुर किसान पार्टीमा प्रवेश गरी गाउँपालिकाका प्रमुखमा उमेदवार भैसकेका छन् । त्यसैगरी पथरीशनिश्चरे १ का तामाङ पनि वडा नम्बर १ मा टिकट नपाए पछि स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षमा स्वतन्त्र उमेदावर भएका थिए । कांग्रेसले तामाङ र तिम्सिनाको नेतृत्वमा पार्टी प्रवेश भने पछि एमालेले आपती जनाएको संयोजक चण्डीप्रसाद राईले बताए ।
तपाईको प्रतिक्रिया