खबर पूर्वाञ्चल
नेपाल पत्रकार महासंघ मोरङद्धारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्यप्रणालीको सुदुढीकरण,भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक सम्वृद्धिका लागीपनी सूचना हकको महत्वपूर्ण भूमिका रहने वताए ।
उनले सुचनाको हक प्रयोग गरेर प्रकाशित र प्रसारण हुने समाचार सत्य तथ्य र विश्वसनिय हुने वताए ।
प्रमुख आयुक्तले संचारकर्मीहरुले प्रमाणित दस्तावेज प्रयोग गरी जनतालाई सुसूचित गरेमा विश्वस्नीयतामा वृद्धि हुने र जनमानसमा संचारमाध्यम प्रति थप विश्वनियता वढने वताए । उनले सुचनाको हक कार्यान्वयनमा विश्वमा नेपालले अग्रणी भुमिका निर्वााह गरेको समेत वताए ।
सार्वजनिक सरोकारसंग सम्वन्धि कार्यालयका कर्मचारीलाई सूचना दिए वापत कारवाही भएमा आयोग सम्वन्धित कार्यालयलाई सचेत गराउनुका साथै कर्मचारीलाई क्षतिपूर्तिको व्यवस्था गर्ने उनले वताए ।
पत्रकार सम्मेलनमा महासंघका मोरङ अध्यक्ष वन्धु पोखरेलले जनतालाई सुसूचित गराउनु महासंघ आयोगसंग हातेमालो गरेर अघि वढन सदैव तयार रहेको वताए ।