RUMPUM
animated ellipse animated ellipse

‘भेर्ना’ कार बजारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ कार्तिक २०७४, सोमबार १७:२१
3
Shares
विराटनगर, २७ कार्तिक/ नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरन्टिनेन्टल प्रा.लि. ले ‘द नेक्स्ट जेन भेर्ना’ कार बजारमा ल्याएको छ ।

विराटनगरको लागि आधिकारीक विक्रेता रोयल अटो वल्र्डले आज विराटनगरमा एक कार्यक्रम आयोजना गरी भेर्ना कार बजारमा आएको जानकारी गराएको हो ।
रोयल अटो वल्र्डका निर्देशक विनोद पाण्डे, रोहित पराजुली र पाथिभारा एर्डभटाइजिङ्गका प्रबन्धक निर्देशक पवन अधिकारीले संयुक्त रुपमा कारको उद्घाटन गरे ।

१ हजार ६ सय सि.सि.को सुविधा सम्पन्न कारको बजार मुल्य ४४ लाख ९६ हजार रुपैयाँ रहेको रोयल अटो वल्र्डका मेनेजर सन्जय शाक्यले जानकारी दिए । हालै बजारमा आएको कारले प्रति लिटर १२ देखि १४ किलोमिटर माईलेज दिने बताइएको छ । अत्याधुनिक उपकरणबाट निर्मत भएको कारको चार वटा कलरमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर