RUMPUM
animated ellipse animated ellipse

लालबाबुको मोवाइलमा पैसाको घन्टी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७४, बिहीबार १९:४३
3
Shares
फाइल तस्वीर
विराटनगर, २३ कार्तिक / मंगलवार प्रेस सेन्टर र प्रेस चौतारीले विराटनगरमा आयोजना गरेको कार्यक्रममा भनेका थिए ‘ चुनाव लडने पैसा छैन, कतारमा रहेका नेपालीले एक एक सय उठाउदैछन् ।’

पत्रकार सम्मेलनमा बोलेका कुरा सामाजिक सञ्जालमा भाइरल भयो र बज्न थाल्यो लालबाबुको मोवाइलमा पैसाको घण्टी ।

फाइल तस्वीर

प्रतिनिधि सभा निर्वाचनकालागि मोरङ क्षेत्र नम्वर ६ बाट प्रतिष्पर्धामा ओर्लिएका पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित घरदैलो गर्दा होस् वा छलफलमा हुँदा फोन उठाउन कन्जुस्याई गर्दैनन् । चुनावी मैदानमा उत्रिएपछि उनलाई आर्थिक सहयोग गर्नेहरुले खोजिखोजि फोन गर्न थालेपछि जुनसुकै अवस्थामा पनि मोवाईल उठाउने गर्छन पण्डित । उनको मोवाइलमा बज्ने घण्टी केही बधाई शुभकामनाका हुन्छन् भने धेरै जसो सहयोगका हुन्छन् ।

यतिबेला उनको फोन चुनावकालागि खर्च जुटाउने माध्यम बनेको छ । उनको मोवाईलमा अहिले आर्थिक सहयोगको लागि प्रयाप्त घन्टी बज्न थालेको उहाँका सहयोग इसान मियाँले बताए ।

इमान्दार नेताको पहिचान बनाएका लालबाबु पण्डित कमजोर आर्थिक अवस्था रहेको कम्युनिष्ट नेताको रुपमा पनि चिनिन्छन् । अहिलेको समयमा निर्वाचनमा उमेदवार हुनु भनेको खर्च गर्ने हिम्मत गर्नु जस्तै मानिन्छ । ‘अहिले त मलाई जस्ले फोन गर्छ उसले सहयोग जुटाउने काम भेटिहाल्छ उनले भने ‘ साथि शुभचिन्तकहरु स्वत स्फुर्त सहयोग कसरी पठाउँ भन्दै बैंक खाता नम्वर र आइएमई गर्नकालागि आवश्यक विवरण खोज्दै फोन गरिरहेका छन् ।’

बुधवार साँझ विराटनगर ४ स्थित प्रगतिटोलमा भएको टोलभेलामा उनले लामै समय टेलिफोनमा कुरा गरे । उनलाई कतार र अष्ट्रलियाबाट फोनहरु आइरेको थियो । उनले नचिनेका मानिसहरु राष्ट्रकालागि चाहिने नेतालाई हामी सहयोग गर्छौं त्यसकालागि रकम संकलन सुरु गरेको विवरण सुनाउँदै फोन गरेको बताए । ‘कतारमा प्रतिव्यक्ति एक सय रियलको दरले चुनाव खर्च संकलन अभियान चलेको खवर पाँए’ म त्यसरी सहयोग गर्नेहरुको सुची संचार माध्यम मार्फत सार्वजनिक गर्ने छु ।’ अष्ट्रलियाबाट एक जना पूर्व पत्रकारले नै अभियानको नेतृत्व गरेको नेता पण्डितले जानकारी दिए ।

पण्डितले चुनाव लडने पैसा नभएको बताइरहेका छन् तर उनी सामान्य प्रशासन मन्त्री हुदा सार्वजनिक गरेको सम्पती विवरणमा ५० लाख बैंक ब्यालेन्स देखिएको उनी निकट कार्यकता बताउछन् ।

प्रतिनिधि सभाको निर्वाचन कति पैसा चाहिन्छ कोही पनि स्पष्ट जवाफ दिन चाहादैनन् । ’प्रतिष्पर्धी अनुसार थैलो ठिक पार्नु पर्ने अवस्था देशभरी छ ’ पंडितले भने ‘म चाँही निर्वाचन आयोगको २५ लाखको सिमाना कटाउन चाहान्न ।’

पहिलो पटक चुनाव लड्दा ३० हजार खर्च गरेको र २०५६ सालको चुनावमा ३ लाख ८० हजार खर्च गरेको अनुभव सुनाउँदै उनले भने ‘त्यतिबेला म संग पराजित राप्रपाका उमेदवार हरेन्द्रबहादुर थापाले २ करोड खर्च गर्नुभएको सार्वजनिकरुपमै बताए ।

संविधानसभाका दुई निर्वाचन र एक उप निर्वाचनमा एक पटक बिजय कुमार गच्छदार तथा दुई पटक काग्रेंस नेता डा. शेखर कोइराला बिजयी हुनुभएको सो क्षेत्र अहिले पनि बाम गठवन्धन भन्दा १९ सय मतले नेपाली काग्रेंसको गठवन्न अगाडी देखिन्छ । सो क्षेत्रमा वाम गठवन्धनको तर्फबाट क्षेत्र क बाट नेकपा माओवादी केन्द्रका जीवन आचार्य र ख बाट नेकपा एमालेका रमेश पोखरेल प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार