AArya
RUMPUM
animated ellipse animated ellipse

विकास निर्माण कार्यलाई तीव्रता दिन यूवा संघको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ कार्तिक २०७४, बिहीबार १६:३५
3
Shares
विराटनगर, २३ कात्तिक / विकास निर्माण कार्यलाई तीव्रता दिई धुलो हिलो रहित विराटनगर बनाउनका लागि एमाले निकट यूवा संघ मोरङले माग गरेको छ । आज विराटनगर महानगरपालिकाकी कार्यवहाक प्रमुख इन्दिरा कार्कीलाई ज्ञापन पत्र बुझाउँदै यूवा संघले विकास निर्माणका कार्यलाई गती दिन ध्यानाकर्षण गराएको छ ।

विकास निर्माणको कार्य गरिरहँदा त्यस क्रममा उत्पन्न हुन सक्ने फोहोर मैला, धुलो, हिलोको उचित व्यवस्थापन हुन नसक्दा जनस्वास्थ्यमा प्रत्यक्ष असर पुगेको भन्दै यूवा संघले धुलो–हिलो रहित विराटनगर बनाउनका लागि माग गरिएको अध्यक्ष मुकेश बुढाथोकीले बताए । यूवा संघले स्थानीय तहको निर्वाचनका समयमा गरिएको प्रतिबद्धता तीन महिना वित्न लाग्दापनि जनतालाई प्रत्यक्ष असर गर्ने सवालमा ध्यान नपुगेको भन्दै आपत्ति जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर