खबर पूर्वाञ्चल
‘हामी ५८ दिनको लागि एउटा दुर्गम गाउँमा सुटिङ गर्दै थियौं । म चलचित्र उद्योगमा नयाँ थिए । मलाई निर्देशकले म्यासेज गरेर डिनरका लागि बोलाए ।’ स्वराले भनिन् ।
स्वराको भनाई अनुसार ति निर्देशक दिनभरि स्वराको पिछा गर्थे भने राती म्यासेज र फोन गर्थे । पटक-पटक चलचित्रको दृश्यको विषयमा कुरा गर्ने भनेपछि स्वरा गईन् । निर्देशक रक्सि पिएर बसिरहेका थिए । जो निर्देशकले उनलाई बोलाएका थिए । उनले पहिलो दिनदेखि नै प्रेम र सेक्सको वारेमा कुरा गरेका थिए ।
निर्देशकको हर्कतपछि स्वराले कार्यकारी निर्मातालाई यो कुरा सुनाइन् । तर, उनले स्वरालाई दुइवटा मात्र उपाय दिएका थिए । स्वरा संझदै भन्छिन्-‘उनले यति रुखो जवाफ दिए । उनले कि निर्देशकले भनेको मान्ने कि त फिल्मवाट अलग हुने भन्दै २ वटा बाटो मेरा लागि दिएका थिए ।’
बलिउड चलचित्र उद्योगमा अझै रुढीबादी संस्कार हाभी भएको भन्दै स्वरा भन्छिन्-‘यहाँ अझै पनि चलचित्रमा भूमिका दिएपछि कृपा गरेको भन्ठान्ने छन् भने पीडितले पनि आफू पीडामा परेको कुरा बोल्न चाहदैनन् ।’ सेक्स प्रस्ताव अस्विकार गरेकै कारण केही चलचित्रबाट निकालिएको समेत उनले बताइन् ।अनलाइनखबर