animated ellipse animated ellipse

जनताले नयाँ नेतृत्व खोजेको आफु नेतृत्व लिन तयार–पण्डित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० कार्तिक २०७४, सोमबार २२:०३
3
Shares
फाइल तस्वीर
विराटनगर, २० कार्तिक / बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार लालबालु पण्डितले ६ नम्बर क्षेत्रका जनताले नयाँ नेतृत्व खोजेको र आफु त्यो नेतृत्व वगर्न तयार रहेको बताएका छन् ।

६ नम्बर क्षेत्रका उम्मेदवारहरुले आज देखि औपचारीक रुपमा सुरु गरेको घरदैलो तथा प्रचार प्रसार कार्यक्रममा बोल्दै उनले विगतमा मत दिएर पछुताएको उम्मेदवारलाइै यहाँका जनताले अब मत नदिने बताए । पटक पटक मत दिएर विजयी बनाएर पठाएको उम्मेदवारले विराटनगरलाई महानगरपालिका बनाउन असहमति राखेको र अहिले विराटनगरलाई एक नम्बर प्रदेशको राजधानि बनाउन पनि विरोधी भुमिका खेलेकाले जनता पछुताएको उनले बताए ।

आफु कुनै पुस्तैनी साहारामा राजनितिमा नआएको बताउँदै उनले विराटनगर कागजमा मात्रै महानगरपालिका भएकाले यसको विकासमा आफु दत्त चित्त भएर लाग्ने बताए । निजि स्वास्थ्र्यलाई त्यागेर सामुहीक स्वास्थ्र्यका लागि लागिपर्ने कुरा जनताकाले बुुुुुझेको बताउँदै उनले यहाँका जनताले आफुलाइ रुचाएको उनले बताए । मोरङको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका तर्फबाट डाक्टर शेखर कोइरालाको उम्मेदवारी रहेको छ ।

पूर्व सामान्य प्रशासन मन्त्री हुदा निकै चर्चा कमाएका लालबाबु पण्डित र कोइराला बिच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर