AArya
RUMPUM
animated ellipse animated ellipse

मैत्रीपूर्ण खेलमा टेष्ट राष्ट्र बंगलादेश नेपालसँग ६ विकेटले पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ कार्तिक २०७४, आईतवार १७:१२
3
Shares
विराटनगर, १९ कार्तिक / यू–१९ एसिया कपको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टिमले बंगलादेशमा भएको मैत्रीपूर्ण खेलमा आयोजक टेष्ट राष्ट्र बंगलादेशको यू–१९ क्रिकेट टिमलाई ६ विकेटले पराजित गरेको छ ।
तीन खेलको सिरिज नेपाली यूवा टोलीले २–१ ले सिरिज हारेको छ ।

आज भएको खेलमा बंगलादेशले दिएको २ सय २६ रनको लक्ष नेपालले ४६ दशमलव ३ बलमा ४ विकेट मात्र गुमाई लक्ष्य पार गरेको थियो ।

नेपालको लागि ओपनर आसिफ शेखले ९० रन तथा तथा अर्का ओपनर जितेन्द्रसिंह ठकुरीले ४५ रनको योगदान दिएका थिए । दुवैले पहिलो विकेटको लागि १ सय ३९ रनको महत्वपूण साझेदारी गरेका थिए ।

आसिफले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे भने , जितेन्द्रले १ सय ९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । आसिफ र जितेन्द्रको विकेट पछि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल साहले १५ रन, रोहित पौडेल २५ रन बनाएर आउट भएका थिए ।
त्यसपछि नेपाललाई कप्तान दिपेन्द्र ऐरी र भीम सार्कीले जिततर्फ डोर्याएका थिए ।

भीमले ४७ औं ओभरको तेश्रो बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए । भीमले अविजित १३ रन तथा दिपेन्द्र ऐरीले २७ रनको योगदान दिए । ऐरीले ३ चौका र भीमले १ चौका र १ छक्का प्रहार गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाई २ सय २५ रनको सामान्य योगफल तयार पारेको थियो ।

बंगलादेशको लागि अमिनुल इस्लामले अविजित ८० रन , मोहम्मद रकिबले ३९, पिनक घोषले २३ रनको योगदान दिए । इस्लामले ८७ बलमा ८ चौका प्रहार गरेका थिए ।

नेपालको लागि साहब आलमले ३ विकेट तथा अनिल साहले २ विकेट तथा कप्तान दिपेन्द्र ऐरीले १ विकेट हात पारे ।
नेपालले यस अघि खेलेको २ वटा एकदिवसीयमा हार बेहोर्दै सिरिज गुमाईसकेको छ । पहिलो खेल ३ विकेटले तथा दोश्रो खेलमा नेपाल १ सय २३ रनले पराजित भएको थियो ।

८ टिम सहभागी हुने यू–१९ एसिया कप प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन् । समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसीसी यू–१९ ( पश्चिम क्षेत्र ) को बिजेता टिम रहनेछ ।

प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसंग ११ नोभेम्बरमा खेल्ने छ । दोस्रो खेल १२ नोभेम्बरमा भारतसंग र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने छ ।

समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २र२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर