animated ellipse animated ellipse

वार्षिक उत्सवमा बजगाई र सुवेदी सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०७४, शनिबार १६:३०
3
Shares
विराटनगर, १८ कार्तिक / सुसाङ्ख्य नेपालको प्रथम वार्षिक उत्सवको अवसर पारेर विभिन्न क्षेत्रका दुई जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।

विराटनगरमा आव एक कार्यक्रम आयोजना गरि सुसाङ्ख्य नेपालका सल्लाकार सेवक बजगाई र मकालु टेलिभिजनका सिइओ दिवस सुवेदीलाई सम्मान गरेको हो ।

बजगाईले मोटिभेसन र सुवेदीले टेक्नोलोजिको क्षेत्रममा योगदान पु¥याएको भन्दै सुसाङ्ख्य नेपालले सम्मान गरेको अध्यक्ष प्रवेश दुलाले जानकारी दिए । सम्मानित हुनेहरुलाई विराटनगर जेसिजका पूर्व अध्यक्ष टिपी आचार्यले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सुसाङ्ख्य नेपालले युवाहरुको नेतृत्व विकास देखि उनीहरुको क्षमता अभिवृद्धी गर्न विभिन्न गतिविधीहरु आयोजना गर्दै आएको नेपालका अध्यक्ष दुलालले बताए । वार्षिक उत्सवको अवसर पारेर युवा युवतीहरुलाई मोटिभेसन टे«डिङ्ग समेत दिएको थियो । युवाहरुलाई सम्मानित हुने व्यक्ति बजगाई र सुवेदीले प्रशिक्षण दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर