RUMPUM
animated ellipse animated ellipse

सत्ताको आढमा निर्वाचन भाँड्न खोजे – अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०७४, शुक्रबार १६:५५
3
Shares
फाइल तस्वीर
झापा १७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकारका प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ताको आढमा निर्वाचन भाँड्न खोजिरहेको आरोप लगाए ।

पेस चौतारी झापाले आयोजना आज झापाको दमक स्थित ओली निवासमा गरेको पत्रकार भेटघाटमा ओलीले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री देउवाले सत्ताको आढमा बाम एकाताले अधिनायकबाद लादन खोजेको भन्नु आफैमा हास्यसपद भएको पनि उनले बताए ।

अध्यक्ष ओलीले हिजो जसरी दोस्रो संविधानसभाबाट लोकतन्त्रलाई संस्थागत गदै संविधान जारी भयो त्यसैगरि अहिलेको निर्वाचनपनि तोकिएकै मितिमा सम्पन्न हुने र मुलुकको सम्मृद्धिको ढोका खोल्ने समेत बताए ।

एक फरक प्रसंगमा अध्यक्ष ओलीले हिजो लोकतन्त्रका लागि आफुहरु जेलमा राजनीतिक बन्दि बनिरहेका बेला बेलायतको गल्ली ढुलिरहेका देउवाले बाम गठबन्धले लोकतन्त्रलाई सिध्याउन खोजेको भन्नु आफैमा हासोको विषय भएको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर