खबर पूर्वाञ्चल
इटहरीका सडक बालवालिकाहरुलाई विभिन्न प्रलोभनमा पारी विराटनगरको खुल्ला नाका हुँदै भारतर्फ लादै गरेको गिरोहलाई सोमबार राती जोगवनीको रेल्वे स्टेशनबाट पक्राउ गरेको हो ।
पक्राउ पर्ने ३१ वर्षिय मन्जित सिंह रहेका छन् । पक्राउ परेका सिंहलाई साना हात नेपालले इलका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । प्रहरी र साना हात नेपालले उद्धार गरेको बालवालिकाहरु १४ वर्ष उमेर समूहका रहेका छन् ।
बालवालिकालाई खोजेर भारतसम्म पु¥याउने सहयोगीलाई भने प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले बालवालिका संलग्न मुख्य गिरोहलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने मोरङ प्रहरीले जनाएको छ ।
सडक बालवालिकाहरुलाई भारतीय बजारमा लगेर उनीहरुको मृगौला झिकेर तस्करीले मोटो रकममा विक्री गर्ने गरेको जानकारहरु बताउछन् । पक्राउ परेका सिंहलाई प्रहरीले मानव तस्करी अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी र साना हात नेपालले यस अघि पनि भारतर्फ लादै गरेको बालवालिकालाई उद्धार गरिसकेको छ ।
चालु आर्थिक वर्षमा ४१ ज्नाको उद्धार साना हात नेपालले चालु आर्थिक वर्षमा २०७४÷०७५ असार मसान्तसम्ममा भारतर्फ लादै गरेको ४१ जना बालबालिकाहरुलाई उद्दार गरेको साना हात नेपालका स्टेशन मेनेजर दिवस श्रेष्ठले जानकारी दिए ।
बालवालिकाहरुलाई विभिन्न प्रलोभनमा पारी भारतर्फ बालवालिका तस्करी गर्ने क्रमम बढेको साना हात नोपलले सार्वजानिक गरेको तथ्याङ्गकले देखाउछ । नेपाललको अनुसार आघिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा मोरङबाट १ सय ४ जना बालवालिकाहलाई विभिन्न स्थानबाट उद्दार गरेको अभिलेखमा देखिन्छ ।