AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको गुरुकुलमा घोडचडी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ कार्तिक २०७४, आईतवार १९:२९
3
Shares
विराटनगर, १२ कार्तिक/ आरोहण गुरुकुल विराटनगरमा चर्चित नाटक ‘घोडचडी’ मञ्चन गरिएको छ । तराई क्षेत्रमा बसोवास गर्ने चमार समुदायको परिवेशमा आधारित नाटक आरोहण गुरुकुलमा मञ्चन गरिएको हो ।

सुमेरु कला सरोवरले निर्माण गरेको नाटक शुक्रबारदेखि १८ गतेसम्म मञ्चन हुने छ । नाटक घोडचडी काठमाडौंमा यसअघि प्रर्दशन गरिएको थियो । काठमाडौंको सफलतापछि विराटनगरमा मञ्चन गरिएको नाटक निर्देशक सुवलमणी सापकोटाले जानकारी दिए । चमार समुदायको संस्कारको विषयमा लामो समयको अनुसन्धानपछि तयार पारिएको नाटक हेर्नको लागि दर्शकको थेग्नै नसक्ने भीड लागेको थियो ।

नाटकमा लोकमणी सापकोटा, सरस्वती अधिकारी, सविन कट्टेल, उद्धव सापकोटा, सुरभी सापकोटा, सबिर चुरौटे, अनु दाहाल, शुलभ पाण्डे, रुपेश लामा, सन्तोष गौतमलगायत २५ जना कलाकारले अभिनय गरेका छन् । नाटकमा चमार समुदायको संस्कार संरक्षणकालागि नाटकले बोलेको छ । एकै छिनमा पिडामा चुर्लुम्म डुबाउने नाटकले क्षणभरमै दर्शकलाई हँसाएकोले पनि नाटकको कद बढेको दर्शकको प्रतिक्रिया छ । नाटक एकसातासम्म दिउँसो १२ बजे र साँझ ४ बजे मञ्चन गरिने सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर