खबर पूर्वाञ्चल
एमालेभित्रको गुटबन्दीका कारण श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराइएको एमालेका स्थानीय कार्यकर्ताहरुको ठहर छ ।
गत स्थानीय तहको निर्वाचनमा मोरंग क्षेत्र नम्बर १ (क)मा पर्ने मिक्लाजुङ गाँउपालिका र उर्लाबारी नगरपालिकाका सबै वडामा एउटा सदस्य समेत नजितेको माओवादीलाई प्रदेश सभामा समर्थनमा गर्नुपर्ने भएपछि एमाले कार्यकर्ताहरुले चर्को आक्रोश व्यक्त गरेका छन् ।
लामो समयदेखि पूवोत्तर मोरंगमा एमालेको कमाण्ड सम्हालेका श्रेष्ठ सो क्षेत्रमा लोकप्रिय मानिन्छन् । उत्तरी मोरंगको समग्र विकास र पूर्वाधार निर्माणमा अग्रणी भूमिका खेल्दै आएका छन् । श्रेष्ठ यस क्षेत्रमा सडक,खानेपानी विकासका साथै नदी नियन्त्रणका लागि सक्रिय भूमिका खेल्दै आएका छन । उनकै पहलमा सडक निर्माण भएपछि इलामको फुङनामसम्म सवारीका चल्न थालका छन् ।
उर्लाबारी र मिक्लाजुङको केही वडाहरु पर्ने मोरंग १(क)क्षेत्रमा एमाले मोरंग जिल्ला सचिवालय सदस्य समेत रहेका श्रेष्ठ स्थानीय स्तरमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । यस अघि पनि श्रेष्ठलाई एमालेभित्रको गुटका कारण टिकटबाट वञ्चित गराइदै आएको छ ।
यसैबीच प्रदेश नम्बर १ (क)मा एमालेका मानबहादुर श्रेष्ठलाई टिकट नदिएको विषयलाई लिएर युवा संघले समेत अपत्ति जनाएका छ । यूवा संघ उर्लाबारीका नगर अध्यक्ष रविन लामाले भने–‘पार्टीले लोकप्रिय र योग्य उम्मेदवारलाई टिकट दिदैन भने यूवा संघ यो चुनावमा निष्क्रय बस्छ । ’ नगर अध्यक्ष लामाले यस क्षेत्रमा एमालेका मानबहादुर श्रेष्ठलाई टिकट नदिइएको खण्डमा युवा संघका सदस्यहरुलाई चुनावी अभियानमा नहिड्न मातहातका कमिटीलाई निर्देशन दिएका छन् । उनले भने–‘यूवाहरुको माग अनुसार पार्टीलाई उम्मेदवार दिदैन भने यूवाहरु यो चुनावमा हिड्दैनन् । ’ लामाका अनुसार श्रेष्ठलाई टिकट नदिइए स्वतन्त्र उम्मेदवार उठाएर जिताएर देखाइदिने चेतावनी दिएका छन् ।
लामाका अनुसार श्रेष्ठको समर्थनमा एमालेका अधिकांश संगठित सदस्यहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेको दावी गरेका छन् ।
मानबहादुर श्रेष्ठलाई टिकट नदिइएको विषयलाई लिएर कार्यकर्ता भित्रमा तीव्र असन्तुष्टि बढेको छ । एमाले संगठित सदस्य विकल राईले भने–‘मानबहादुरले टिकट पाएर चुनाव जित्छ भनेर माओवादीलाई टिकट दिइएको छ ।एमालेका नेताहरुले श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराईएको हो । ’