RUMPUM
animated ellipse animated ellipse

छठ पूजामा साँगितक कार्यक्रममा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ कार्तिक २०७४, शनिबार २०:३८
3
Shares
विराटनगर ११ कातिक / विराटनगर ८ बलुवाही स्वागतम चोकमा छठ पूजामा विशेष साँगितक कार्यक्रम सम्पन्न भएको छ ।

विगत ७ बर्ष अगाडी देखि अपुरो रहेको बलुवाही स्वागतम चोक स्थित छठि मन्दिर निर्माणको लागी स्थानिय युवाहरुले साँगितक कार्यक्रम गरेका हुन् ।

भारतको पटना र विराटनगरको चर्चित डान्स ग्रुप ‘द मिष्ट्र गाईज डान्स सेन्टर’का स्थानिय कलाकारहरुले दुई दिन सम्म भव्य रुपमा छठ पर्व विशेष सांगितक कार्यक्रम गरेको कार्यक्रम संयोजक प्रकास रायले जानकारी दिए ।

कार्यक्रम गर्नको लागी आर्थिक रुपमा सहयोगको लागी स्थानिय युवा समाजसेवी कुमार खवास मदत गरेका थिए । भारतको पटनाबाट चर्चित गायिका प्रिती कौर सहित उनका म्यूजिकल व्याण्डका कलाकारहरु उपिस्थित रहेका थिए । उनले करिब एक दर्जन भन्दा बढी गितहरु गाएर उपस्थित आम दर्शकलाइृ मनोरञ्जन प्रदान गरेकी थिईन् । यसैविच ‘द मिष्ट्री डान्स गाईज ग्रुप’ले पनि नेपाली, हिन्दी र भोजपुरी गीतमा आर्कषक नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा छठी मन्दिर समितिका अध्यक्ष रामचन्द्र मण्डल, समाजसेवी कुमार खवास तथा आयोजक समितिका सम्पुर्ण सक्रिय सदस्यहरुलाई मायाको चिनो सहित सम्मान पत्रले वितरण गरिएको आयोजक समितीका सदस्य कमल साहले जानकारी दिए । बलुवाहीमा विगत २ बर्ष देखि यसरी निरन्तर रुपमा कार्यक्रम गर्दै आएको साहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर