animated ellipse animated ellipse

मैत्रीपूर्ण फुटसलको उपाधि प्याब्सनलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ कार्तिक २०७४, शनिबार २०:३२
3
Shares
उपाधिजितेपछि सामुहिक फोटो खिचाउँदै प्याब्सनका खेलाडीहरु ।
विराटनगर, ११ कार्तिक / विराटनगर जेसीजले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि प्याब्सन मोरङले जितेको छ ।

विराटनगरमा आज सम्पन्न मैत्रीपूर्ण फुटसलमा आयोजक विराटनगर जेसीजलाई तीन गोलको विरुद्ध चार गोल गर्दै प्याब्सनले उपाधि जितेको हो । निकै रोमान्चक भएको प्रतियोगितामा जितको लागि प्याब्सनको तर्फबाट यादब प्रधानले ह्याट्रिक गरे । उनले तीन गोल गरे भने इन्द्र राईले एक गोल गरे । जेसीजको वार्षिक कार्यक्रम अन्गर्त एक हप्ता भरी विभिन्न कार्यक्रम राखेको छ ।

कार्तिक १४ गतेसम्म विभिन्न कार्यक्रम गर्ने विराटनगर जेसिजको अध्यक्ष मिलन पौडेलले जानकारी दिए । उनका अनुसार आइतबार नेतृत्व विकास सम्बन्धी तालिम रहेको बताए । त्यस्तै सोमबार स्वलो साइकल रेस, मंगलबार ट्राफिक सचेतना कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर