animated ellipse animated ellipse

धरानलाई हराउदै वाइएमसी तरहरा अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ कार्तिक २०७४, बिहीबार १९:२७
3
Shares
गोपाल काफ्ले
पथरी, ९ कातिक / मोरङको बयरबनमा जारी पुर्वाञ्चल स्तरीय दोस्रो बयरबन फुटसल कपमा यूवा मिलन क्लव तरहरा विजयी भएको छ ।

धरान १३ लाई ५ का बिरुद्ध ८ गोलले पराजित गर्दै तरहरा बिजयी भएको हो । युूा मिलन क्लवलाई बिजयी गराउन सुशील राई एक्लैले ४ गोल गरे । सुशिलले खेलको १८, २२, ४७, ४९ औ मिनेटमा गोल गरे भने योगेस गुरूङले ८ र २८ औ, न्यूटन लाम्कादेले १८ औ र बुद्धिमान राईले २९ औमिनेटमा गोल गर्दै तरहरालाई विजयी गराए थिए ।

त्यस्तौ धरान १३ का लागि सैलेन्द्र नेपालले ह्याट्रिक गरे उनले खेलको ४,७ र ३८ औ मिनेटमा गोल गरे त्यस्तौ धरानका लागि रबि फुयालले ३६ र असोक कटुवालले ४४ औ मिनेटमा गोल गरे पनि धरान पहिलो खेल बाटै बाहिरिनु परीयो । आजको खेलको म्यान अफ द म्याच तरहराका सुशील राई भए ।

१२ गते हुने पहिलो सेमिफाईनल खेल उर्लाबारी ट्रेनिङ सेन्टर उर्लाबारी र धरान फुटवल क्लव सुनसरी बिच हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर