AArya
RUMPUM
animated ellipse animated ellipse

मेयर साबको कष्टपूर्ण धार्मिक यात्रा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ कार्तिक २०७४, बिहीबार १७:०४
3
Shares
विराटनगर, ९ कार्तिक/ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कष्टपूर्ण रुपमा छठको पूजा गरेका छन् ।

आज दण्डप्रणाम गर्दै पराजुलीले कष्टपूर्ण धार्मिक यात्रा गरेका हुन् । नगरबासीको शान्ति, सुरक्षा र समृद्धिको कामना सहित मेयरमा कष्टपूर्ण रुपमा घरबाट घस्रेर सिङघिया खोला पुगेका थिए ।

मेयर पराजुलीले १४ औं पटक दण्ड प्रणाम गर्दै छठको पूजा आरधना गरेका हुन् । दण्डप्रणाम गर्दै सिङघिया घाट पुगेका पराजुलीले अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । पानी समेत नखाई पराजुलीले १ बजेदेखि सुरु भएको यात्रा साढे २ घण्टा लागेको थियो । दण्ड प्रणाम गर्दै करिव डेढ किलोमिटर यात्रा तय गरेका हुन् ।

दण्डप्रणाम कठिन धार्मिक कार्य हो । भुइमा पुरै सुतेर हातले जमिनमा रेखा कोर्दैं गन्तव्यस्थलमा पुग्नु पर्ने यो ब्रतको नियम हो । शरीरलाई भुइमा राखेर पराजुलीले १४ पटक यात्रा गरेका हुन् । ३० वर्षको उमेरदेखि पराजुलीले गरेको यो यात्रालाई भविष्यमा पनि निरन्तरता दिने नदिने भन्ने बारे यसै भन्न नसकिएको बताए । ‘यो ब्रत अत्यन्तै कठिन हुन्छ, यस पटक गरिसक्न पाए हुन्थ्यो अर्को बर्ष त सकिँदैन जस्तो हुन्छ,’ पराजुलीले भने, ‘तर, छठ पर्व आएसँग पुनः ब्रत लिने उत्साह आउँदा मैले छोड्नै सकिँन ।’ आमा तुलमायाले धेरै वर्षदेखि छठको ब्रत लिने गरेको प्रेरणाले आफूले पनि ब्रत लिएको र आफूले सार्थकता पाएको पराजुलीको भनाइ छ ।

छठ ब्रतमा आफूले पुरै नियम पालना गरेको पराजुलीले बताए । छठको पहिलो दिन मंगलबार चोखो नितो भई साँझ लौकाको तरकारी मात्र खाएका पराजुलीले बुधबार दिनभर अन्न समेत नखाइ साँझ खरना पूजा गरेर खिर खाएर बसेका थिए ।

पराजुलीले आज दण्डप्रणाम गर्दै सिंघीयामा पुगेर अस्ताएको सूर्यलाई अर्घ दिएर पैदल फर्कने र शुक्रबार (भोली) बिहान पैदल यात्रा गरी उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर