खबर पूर्वाञ्चल
साउन यता उनीहरुको विभिन्न रोगका कारण मृत्यु भएको हो ।कारगारमा अहिलेपनि विभिन्न रोगवाट एक दर्जन वढी कैदीवन्दी थलिएका छन् । विराटनगर कारगारका जेलर प्रेम सापकोटाका अनुसार साउन महिना यता विभिन्न रोगवाट थलिएका कैदी वन्दीको उपचारको क्रममा मृत्यु भएको हो ।
जसमा मृत्यु हुने कैदी वन्दीहरुमा २६ वर्षदेखि ६३ वर्ष उमेर समुहका रहेका छन ।मृत्युहुनेहरु सवै पुरुष रहेको सवै भन्दा वढी लागु औषध दुव्यसानीमा सजय भुक्तान गदै आएका कैदी वन्दी रहेको कारगार प्रशासनले जनाएको छ ।
विराटनगर कारगारमा रहेका पाँच जनाको विराटनगरको नोवेल मेडिकल कलेज र कोशी अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । कोशी अञ्चल अस्पताल भर्ना भएका ठगी मुद्धामा कैद भुक्तानी गदै आएका उर्लावारीका कुमार विक र सोही ठाउँमा टेकवहादुर परियारको उपचाररतm रहेका छन ।
परियार कतव्र्य ज्याज मुद्धामा कैद सजया भोगी रहेका छन् । उनलाई श्वासप्रशासको समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको हो । त्यसैगरी तीन जना कैदी वन्दीलाई नोवेल अस्पताल भर्ना गरिएको छ ।अन्य चार जनालाई काठमाण्डौ र भरतपुर उपचारका लागि पठाइएको जेलर सापकोटाले जानकारी लिए ।
जेलर सापकोटाका अनुसार थप १२ जनालाईपनि उपचारका लागि काठमाण्डौ पठाउने तयारी भई रहेको छ ।मोरङ कारगारमा रहेका विरामी परेका मध्ये धेरै जसोलाई श्वास प्रश्वासमा समस्या देखिएको कारगार प्रशासनले जनाएको छ । मोरङ कारगारमा ६२ महिला र उनीहरुमा आश्रित ४ वालवालिका सहित ७ सय ५६ कैदी वन्दी रहेका छन् ।