ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पिचराबाट छ जना जुवाडे पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०७४, मंगलवार १४:३७
9
Shares
फाइल तस्वीर
विराटनगर, ७ कार्तिक / जिल्ला प्रहरी कार्यालय मोरङले गएराती छ जना जुवाडेलाई विराटनगर – ११ पिचराबाट पक्राउ गरेको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा नारायण शाक्यको घरमा जुवा खेलाइरहेको अवस्थामा जुवाडे पक्राउ गरेको हो । यसरी पक्राउ पर्ने जुवाडेहरुमा विराटनगरका पोसन सहनी, दिलिप साह, बर्मा सहनी, महेन्द्र सहनी र श्याम साह रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

प्रहरीले जुवाखालबाट १ लाख ४८ हजार २ सय २५ रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका जुवाडेलाई म्याथ थप गरि जुवा ऐन अन्तर्गत कारबाही गर्ने प्रहरीले जनाएको छ । पछिल्लो समयमा चाडपर्वको समयमा प्रहरीले जुवाडेहरु धमाधम पक्राउ गर्न थालेको छ । तिहारमा मात्र प्रहरीले चार दर्जन बढी जुवाडे पक्राउ गरि धरौटिमा छुटेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर