पूर्वाञ्चल खबर
नगरपालिकाले प्रथम नगरसभाबाट पारित बजेट निति तथा कार्यक्रम आज सार्वजनिक गरेको हो । नगरपालिकाका मेयर रबिन राईले २२ करोड ९ लाख ५१ हजार रुपैया पूँजिगत र चालुतर्फ २० करोड ३८ लाख ३ हजार रुपैया बजेट विनियोजन गरेको जानकारी दिए । नगरपालिकाले आन्तरिक स्रोतबाट ७७ लाख ८० हजार ससर्त अनुदान १४ करोड ३८ लाख सरकारी वितिय हस्तान्त्रण अन्तरगत २६ करोड ३१ लाख ७४ हजार र जिल्ला समन्वय समितिको राजस्व बाडफाडबाट करिव एक करोड सहित ४२ करोडको बजेट सार्वजनिक गरेको हो ।
नगरपालिकाले निति तथा कार्यक्रममा रतुवा र बक्राहा खोला नियन्त्रण सहित सडक कालोपत्रे र स्तरउन्नतीकालागि बजेट विनियोजन गरेको छ । नगरपालिकाले रिङरोड, खाला किनारमा ग्रिनबेल्ट सहितका योजनाहरु अघि सारेको छ । नगरपालिकाका मुख्य बजारमा फ्रिवाईफाई जोन बनाउनकालागि बजेट विनियोजन गरेको छ । त्यस्तै नगरपालिकाले कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै लैजाने निति लिएको नगरपालिकाका मेयर राईले जानकारी दिएका छन् ।