RUMPUM
animated ellipse animated ellipse

आयोजकलाई हराउदै रारा धनकुटा फाईनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० आश्विन २०७४, सोमबार १८:२६
3
Shares
गोपाल काफ्ले
पथरी,३० असोज/ मोरङको बेलबारी १० भाउनेको खेल मैदानमा सुरु भएको दोस्रो डाँगिहाट गोल्डकप २०७४ मा आयोजक रारा धनकुटा बिजयी भएको छ ।

डाँगिहाट आयोजकलाई २ का बिरुद्घ ४ गोलले पराजित गर्दै धनकुटा फाइनलमा प्रवेश गरेको हो । झापा ११, निराजन खड्का, संजोग राई र नाईजेरियन पिटर सहित मैदान उत्रिएको धनकुटाले खेलको २२ औ मिनेटमा योगेस गुरुङकोको पासमा संजोग राईले सुन्दर गोल गरे । २५ औ मिनेटमा विशाल राईको पासमा योगेस गुरुलेले गोल गर्दै २ गोलको अग्रता बनाए भने ३१ औ मिनेटमा दिनेश लोक्तामको पासमा खमिर कन्दङवाले गोल गर्दै ३ गोलको अग्रता दिलाए ।

धनकुटाले एकतर्फी दबावमा राखेको आयोजकलाई दोस्रो हाफको ४९ औ मिनेटमा योगेस गुरुङले वान भर्सेस वान बलमा गोल गर्दै ०-४ को अग्रता दिलाए । खेलमा आयोजकका खेलको ५५ मिनेटमा भक्त भण्डारीको पासमा देवराज राईले १ गोल गर्दै खात खोले भने खेलको ७३ औ मिनेटमा बिपिन लिम्बुको पासमा आयोजकका अनिस घिमिरेले अर्को गोल गर्दै खेल २(४ मा पुर्याए । त्यसपछि कुनै गोल हुन सकेन खेलमा रारा धनकुटा बिजयी भयो ।
खेलको म्यान अफ द म्याच धनकुटाका संजोग राई घोषित भए ।

बुधबारहुने फाईनल खेल डिएफसि रातो र रारा धनकुटा बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर