खबर पूर्वाञ्चल
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले काँग्रेस नेतृत्वको गठबन्धनसँग सीटको तालमेल भने हुन सक्ने स्पष्ट पारे । उनले लोकतान्त्रिक गठबन्धनमा बस्नकालागि राजनीतिको मूल मुद्धामा सहमति हुनु पर्ने नत्र अवसरवादीको सङ्ज्ञा दिइने उल्लेख सोत गरे । उनले आफुहरु सडकमै रहेको प्रसङ्ग उल्लेख गर्दे नेपाली काँग्रेसलाई नै सीटको तालमेलको खाँचो रहेको र आपसी समझदारीमा सो पार्टीसँग सीटको तालमेल हुने बताए ।
अध्यक्ष यादवले जम्बो मन्त्रिमण्डल गठनलाई राजनितिक अपराधकोरुपमा चित्रण गर्दै सो कार्य गलत भएको दाबी गरे । मधेशको दुई तिहाई सीटमा जित हासिल गर्ने दावी गर्दै उनले प्रदेश नं–२ मा सरकार बनाउने दावीसमेत गरे । अध्यक्ष यादवले आपूm कुन जिल्लाबाट चुनावमा उठ्ने विषयमा अहिले नै तय नभइसकेको जानकारी दिंदै केहि दिनमै निर्णय गर्ने बताए ।